नगरपालिकाले सिर्जना गर्‍यो चाम्लिङ भाषा श्रोत शिक्षकको दरबन्दी | Khabarhub Khabarhub

नगरपालिकाले सिर्जना गर्‍यो चाम्लिङ भाषा श्रोत शिक्षकको दरबन्दी


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– चाम्लिङ भाषाको पठन पाठनका लागि हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)को दरवन्दी सिर्जना गरेको छ ।

चाम्लिङ भाषाको पठन पाठन गर्ने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च समेत उपलव्ध गराउँदै आएको नगरपालिकाले तुवाचुङ नगरपालिका–८ धितुङस्थित सर्वावती प्राविका लागि प्रावि तहको नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)को एक दरवन्दी सिर्जना गरेको हो ।

नगर शिक्षा समितिको ११ कात्तिकको निर्णयअनुसार चाम्लिङ भाषा शिक्षण तथा चाम्लिङ भाषाको श्रोत शिक्षकका रुपमा कामकाज गर्न व्यवस्थापन समितिले २२ कात्तिकमा विज्ञापन आव्हान गरेको छ । कम्तीमा आइएड उत्तिर्ण गरेका उम्मेद्वाले नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)का लागि आवेदन दिन सक्नेछन् ।

नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)ले मासिक १३ हजार पाँच सय तलब सुविधा पाउने विद्यालयले जनाएको छ । चाम्लिङ भाषा शिक्षण तथा चाम्लिङ भाषाको श्रोत शिक्षकको रुपमा कामकाज गर्न नगर शिक्षक कार्यविधि बमोजिम प्राथमिक तहको नगर शिक्षक सरह हुने गरी नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)को दरबन्दी कायम गरिएको मेयर इवन राईले बताए ।

हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात विद्यालयमा २०६५ सालदेखि एक विषय चाम्लिङ राई भाषामा पठन–पाठन भइरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ४ : १० बजे

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग

सिंगापुर सूत्र : कडा कानून, योजनाबद्ध सोच र इमानी नेतृत्व

सुशासन र विकासका लागि सिंगापुरलाई विश्वले नै आदर्श मोडल मान्छ।

डेढ दशकदेखि खानेपानी आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– ३ सिसाखानीमा खानेपानी आयोजना सुरु भएको

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

भोजपुर– भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ ।