निर्वाचन अधिकृतले राजीनामा दिएपछि सर्लाहीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित « Khabarhub

निर्वाचन अधिकृतले राजीनामा दिएपछि सर्लाहीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– निर्वाचन अधिकृतले नै राजीनामा दिएर हिडेपछि सर्लाहीमा शनिवारका लागि तय भएको कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । केन्द्रीय निर्वाचन समितिले सर्लाहीको लागि निर्वाचन अधिकृतको रुपमा खटाएको विनोद कार्कीले शुक्रबार बिहान राजीनामा दिएर काठमाडौँ फर्किएका हुन् ।

कांग्रेस जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको विवाद र दबाबका कारण निर्वाचन अधिकृत पदबाट राजीनामा दिएको कार्कीले संकेत गरेका छन् । आसन्न निर्वाचनमा जिल्ला सभापतिको दावेदार उनीहरूबीच पालिका तथा वडास्तरमा पनि उत्तिकै प्रतिस्पर्धा हुने देखिएको छ ।

हालका जिल्ला सभापति नागेन्द्रकुमार राय कांग्रेस केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । जिल्लामा कांग्रेसभित्र क्रियाशील सदस्यता वितरणमा समेत विवाद थियो ।

जिल्ला सभापति नागेन्द्रकुमारको दबाब खेप्न नसकेर निर्वाचन अधिकृतले राजिनामा बुझाएको लक्ष्मण रायको भनाइ छ । ‘जिल्ला सभापतिले निर्वाचन अधिकृतलाई कामै गर्न दिएनन्,’ उनले भने, ‘सबै कुरा मैले भनेको मात्र गर, नत्र जाउँ भनेकाले उहाँ जानुभएको छ । यसको जिम्मा सबै सभापतिज्यूले लिनुपर्छ ।’

जिल्ला सभापति रायले भने पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षको कारण निर्वाचन अधिकृत काम गर्न नसकेर राजीनामा दिएर गएका दावी गरेका छन् ।

यता, निर्वाचन अधिकृतबाट राजीनामा दिएका कार्कीले भने दुई पक्षको दबाब थेग्न नसकेर राजीनामा दिएको बताएका छन् । उनले संचारकर्मीहरूसँग एक पक्षले एक थरी र अर्को पक्षले अर्कै थरी कुरा गर्दा निर्वाचन गराउन सक्ने अवस्था नदेखिएकोले राजीननामा दिनुपरेको बताएका हुन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ३ : ३६ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको