बीपी प्रतिष्ठानको छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन « Khabarhub

बीपी प्रतिष्ठानको छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भनिएको अनियमितता र पदाधिकारी विवादको अध्ययन गर्न गठित छानविन समितिले प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

शुक्रबार छानविन समितिको संयोजक सहकुलपति एवं स्वास्थ्य मन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव डा.रोशन पोखरेल र धरानका मेयर तिलक राईले प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन बुझाएको हो ।

बीपी प्रतिष्ठानका सिनेट सदस्यसमेत रहेका धरान उपमहानगरपालिकाका मेयर तीलक राईले प्रधानमन्त्रीले दिएको निर्देशन अनुसार गठित छानविन समितिले प्रतिवेदन बुझाएको जानकारी दिए ।

प्रतिष्ठानका वहालवाला उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा.गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई कारबाही गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ । मेयर राईले अब चाडै सिनेटको बैठक बोलाएर कारबाही प्रक्रिया अगाडी बढाइने बताए ।

प्रा.डा.मोहनचन्द्र रेग्मीले प्रष्ठिानको रजिष्ट्रारबाट राजीनामा दिइसके पनि उनको कार्यकालमा भएका खरिदलगायत कारोबारको आवश्यक छानबिन गरि कारबाही गर्न सिफारिश गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ४ : ३५ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती