करेन्ट लागेर मृत्यु भएका युवकको परिवारलाई १६ लाख क्षतिपूर्ति दिने सहमति « Khabarhub

करेन्ट लागेर मृत्यु भएका युवकको परिवारलाई १६ लाख क्षतिपूर्ति दिने सहमति


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ बर्षीय चित्रबहादुर राना मगरको परिवारलाई विद्युत व्यवस्थापन समितिले १६ लाख रुपैयाँ क्षतिपुर्ति दिने भएको छ ।

विद्युत व्यवस्थापन समितिको लापर्वाहीका कारण मृत्यु भएकाले २५ लाख रुपैयाँ क्षतिपुर्ति पाउनुपर्ने माग राख्दै आफन्तले शव बुझ्न मानेका थिएनन् ।

ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च दुलेगौँडाले मृतकका परिवारलाई १६ लाख रुपैयाँ क्षतिपुर्ति उपलब्ध गराउने गरी शुक्रबार सहमति गरेको हो । सहमति भएसँगै शव दमौली अस्पतालमा पोष्टमार्टम गरी नागढुंगा शवदाह गृह बेलचौतारामा अन्त्येष्टि गरिएको छ ।

समितिले एक लाख रुपैयाँ किरिया खर्च बापत आइतबार उपलब्ध गराउने सम्झौता गरेको छ । बाँकी १५ लाख रुपैयाँ २५ पुसभित्र उपलब्ध गराउन सहमत भएको हो । यस्तै, घाइतेको उपचार र यातायात खर्च पनि समितिले व्यहोर्ने भएको छ ।

बिहीबार बिहान ४ बजे ट्रान्सफर्मरमा आगलागी हुदाँ गाउँमा हाइभोल्टेज करेन्ट प्रवाह भएको थियो । बिहान ७ बजे चित्रबहादुर आफ्नै कोठामा हातमा मोबाइल लिइरहेको अवस्थामा अचेत भेटिएका थिए । स्थानीयका अनुसार उनको दाहिने हात, मोबाइल र चार्जर समेत जलेको थियो । उपचारका लागि बेलचौतारास्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

करेन्ट लागेर दुरुङचुङका थप दुई जना घाईते भएका थिए । उपचाररपछि घाईते दुबै निको भएका छन् । विद्युत व्यवस्थापन समितिको लापरवाहीले ट्रान्सफर्मरमा फ्युज नराखिकन करेन्ट प्रवाह गर्दा घटना भएको स्थानीयको आरोप छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ५ : २५ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन