मोरङमा ४३ हजार नागरिकको विवरण सङ्कलन हुने | Khabarhub Khabarhub

मोरङमा ४३ हजार नागरिकको विवरण सङ्कलन हुने


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- राष्ट्रिय परिचयपत्र व्यवस्थापन जिल्लास्तरीय समन्वय समितिद्वारा मोरङको सुनवर्षी नगरपालिकामा आयोजित ‘राष्ट्रिय परिचयपत्र वितरण, सङ्कलन, अभियान एवम् तालिम अभिमुखीकरण कार्यक्रम सम्पत्र भएको छ ।

जनताको घर दैलोमा सेवा पुर्‍याउने उद्देश्यले आयोजित सो कार्यक्रममा परिचयपत्रको विवरण सङ्कलन रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकामा हुने भनिएको छ । यसअघि मोरङको रङ्गेली नगरपालिका र धनपाल थान गाउँपालिकामा सो कार्य सम्पत्र भइसकेको छ । सरकारले यसवर्ष मोरङमा लगभग ४३ हजार नागरिकको विवरण सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

नेपाली नागरिकताभन्दा पनि महत्वपूर्ण मानिएको राष्ट्रिय परिचयपत्रले सवारी चालक अनुमतिपत्र, सम्पत्तिको कारोबार, नागरिकको परिचय, मतदाता नामावली, सामाजिक सुरक्षा, बैकिङ्ग तथा वित्तीय संस्थामा सेवा लिन उपयोग हुनुका साथै अपराध अनुसन्धान, स्वास्थ्य सेवा, व्यक्त्तिगत घटना दर्ता, राजस्व सङ्कलन, राहदानी प्राप्ति र युटिलिटी सेवा, सुशासन तथा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा निकै उपयोगी हुने परिचयपत्रमा खटिएका कर्मचारी योगेश पराजुलीले जानकारी दिए ।

उनले २०७५ सालदेखि लागु भएको यो व्यवस्थाअनुसार ७७ जिल्लाका नेपाली नागरिकता भएका नागरिकलाई यो परिचयपत्र वितरण गर्ने सरकारको योजनाअनुसार हालसम्म १७ वटा जिल्लामा परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम सम्पत्र भइसकेको छ । यसवर्ष १६ वटा जिल्लाबाट ७० लाख नागरिकको विवरण सङ्कलन गर्ने कार्य चालु अवस्थामा रहेको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रको यो महत्वपूर्ण कार्यमा सबै जनप्रतिनिधिले सहयोग गर्नु पर्ने भन्दै छरिएर रहेका अभिलेखलाई एकीकृत गर्न राष्ट्रिय परिचयपत्रले ठूलो भूमिका निर्वाह गर्ने जनाए ।

सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले राष्ट्रको यो अभियानमा सहयोग गर्ने बताए । उपप्रमुख मञ्जुकुमारी राईले नेपाली नागरिकताभन्दा पनि बहुउपयोगी यो परिचयपत्र सरकारले छिट्टै वितरण गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १० : १५ बजे

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको

अध्यक्ष लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको

मानव स्वास्थ्यका लागि योग : केही अभ्यास (तस्बिरहरू)

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख