रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस् « Khabarhub

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको तत्काल उद्धारका लागि हेलिकप्टर व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

पौडेलले जिबजिबे ग्रामीण अस्पतालमा एन्टेरोल्याटरल मायोकार्डियल इन्फार्क्सन अर्थात् गम्भीर हृदयाघात भएका बिरामी उपचारका लागि आएको र अवस्था अत्यन्तै नाजुक रहेको बताएका छन्।

भौगोलिक कठिनाइका कारण बिरामीलाई तत्काल उच्चस्तरीय हृदय रोग केन्द्रमा लैजानुपर्ने भएकाले हेलिकप्टरमार्फत एयर इभ्याकुएसन आवश्यक रहेको पौडेलको भनाइ छ।

‘म आफैँ वडा अध्यक्ष हुँ। केही गर्न नसक्ने अवस्थामा पुगेको छु,’ पौडेलले अपिलमा भनेका छन्, ‘हाम्रो बसमा केही छैन, न एम्बुलेन्स, न गाडी, न पर्याप्त स्वास्थ्य सुविधा।’

उनले सरकार, प्रदेश सरकार र सम्बन्धित निकायलाई बिरामीको उद्धारमा तत्काल पहल गर्न आग्रह गरेका छन् । बिरामीको अवस्था गम्भीर रहेकाले एक मिनेट पनि ढिला नगरी हेलिकप्टर उद्धारको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

वडाध्यक्ष पौडेलले रसुवाका दुर्गम क्षेत्रमा पर्याप्त एम्बुलेन्स तथा आपतकालीन सवारीसाधन परिचालन गर्न, जिबजिबे ग्रामीण अस्पताललाई आवश्यक जनशक्ति, उपकरण, औषधि र विशेषज्ञ सेवासहित तत्काल स्तरोन्नति गर्न पनि माग गरेका छन्।

त्यस्तै, तीन दिनदेखि माग गरिएको वैकल्पिक सडक निर्माण तत्काल सुरु गर्न र स्वास्थ्य आपतकालीन अवस्थामा एयर लिफ्ट, राहत तथा उद्धारका लागि स्थायी प्रणाली निर्माण गर्न उनले सरकारसँग आग्रह गरेका छन्।

‘रसुवाका जनता दिनदिनै मर्दै छन्। बाँचेका थप रसुवालीलाई मर्न नदिनुस्,’ पौडेलले अपिलमा भनेका छन्।

उनले स्थानीय जनप्रतिनिधि र जनताको आवाज तत्काल सुन्न सरकारसँग माग गर्दै उद्धार, राहत, अस्पताल सुधार र सडक पूर्वाधारमा तत्काल निर्णय लिन आग्रह गरेका छन्।

हेलिकप्टरको व्यवस्था, उद्धारमा समन्वय वा आफ्नो अपिललाई सम्बन्धित निकायसम्म पुर्‍याउन सक्ने व्यक्ति तथा संस्थालाई तत्काल सहयोग गर्न पनि उनले आह्वान गरेका छन् ।

पौडेलले बिरामीको उद्धारमा ढिलाइ हुँदा ज्यान जोखिममा पर्न सक्ने भन्दै सरकारलाई तत्काल सक्रिय हुन आग्रह गरेका छन्।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ८ : ४० बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व