प्रधानन्यायाधीश राणामाथिका आरोप छानविन गर्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूको आह्वान « Khabarhub

प्रधानन्यायाधीश राणामाथिका आरोप छानविन गर्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूको आह्वान


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा न्यायिक स्वतन्त्रता र अखण्डता संकटमा परेको भन्दै  तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले त्यसको रक्षा गर्न आह्वान गरेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभा र न्यूयोर्कबाट शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै इन्टरनेशनल कमिसन अफ जुरिस्ट, ह्यूमन राइट्स वाच र एम्नेष्टी इन्टरनेसनलले मानवअधिकार तथा विधिको शासन कायम न्यायपालिकाको स्वतन्त्रता र अखण्डताको रक्षा गर्न आह्वान गरेका हुन् ।

प्रधानन्यायाधीशमाथि गम्भीर आरोप लागेपछि न्याय निरूपण नै अवरोधको अवस्थामा पुगेको भन्दै तत्काल उनीमाथि छानविन अघि बढाउन विज्ञप्तिमा भनिएको छ ।

संविधानले निर्दिष्ट गरेबमोजिम संसद्ले सर्वोच्च अदालतको साख जोगाउन र न्यायपालिकामा जनविश्वास सुनिश्चित गर्न प्रधानन्यायाधीशमाथि लागेका आरोपको सशक्त, पारदर्शी र प्रभावकारी छानबिन सुनिश्चित गर्नुपर्ने पनि विज्ञप्तिमा माग गरिएको छ ।

जबराको राजीनामा नदिएसम्म न्यायाधीशहरूले अदालतको बेन्चमा बस्न इन्कार गरेको घटनालाई उनीहरूले  एउटा अभूतपूर्व कदमका रुपमा व्याख्या गरेका छन् ।

नेपालमा मानवअधिकार र विधिको शासन कायम राख्न सर्वोच्च अदालतको महत्वपूर्ण भूमिका रहेको जनाउँदै उनीहरूले हाल सर्वोच्च अदालतमा देखिएको संकट न्याय प्रक्रियाका लागि एकदमै चिन्ताजनक भएको विज्ञप्तिमा उल्लेख छ ।

‘खास न्यायाधीशहरूलाई मात्रै मुद्दाहरू सुनुवाइका लागि तोक्ने गरेको र प्रधानन्यायाधीशले आफूसमेत संलग्न भएर गरिएको संवैधानिक नियुक्तिविरुद्ध परेका विभिन्न रिटहरूको सुनुवाइका लागि सूचीकरण गर्न नसकेको आरोपलाई पनि उनीहरूले याद गरेका छन्’, विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : ५४ बजे

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका