कांग्रेसको वडा अधिवेशन सुर्खेत र डोल्पामा पनि आजै « Khabarhub

कांग्रेसको वडा अधिवेशन सुर्खेत र डोल्पामा पनि आजै


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका सुर्खेत र डोल्पा जिल्लामा नेपाली कांग्रेसको १४ औँ महाधिवशेनअन्तर्गत वडा अधिवेशन आज सम्पन्न हुँदैछ ।

क्रियाशील सदस्यतालाई लिएर विवाद बढेपछि यसअघि निर्धारित मितिमा हुन नसकेको यी जिल्लाको अधिवेशन आज हुन लागेको हो ।

अधिवेशनबाट वडाको नेतृत्वका साथै क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि चयन हुनेछन् । सुर्खेतका ९९ वडा र डोल्पाका ६५ वडामा बिहान ८ बजेदेखि अधिवेशन सुरु भएको छ ।

नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले सहमति नभए निर्वाचनका माध्यमबाट नेतृत्व र अधिवेशन प्रतिनिधि चयन गर्ने गरी सबै तयारी पूरा भएको जानकारी दिए ।

डोल्पामा राप्रपा र सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद थियो । जसले गर्दा यसअघि निर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ९ : १३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल