१३ वर्षपछि स्वतन्त्र भइन् ब्रिटनी « Khabarhub

१३ वर्षपछि स्वतन्त्र भइन् ब्रिटनी


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(आजतक)– हलिउड गायिका ब्रिटनी स्पीयर्स १३ वर्ष पछि पिता जेम्स स्पीयर्सको कन्जरभेटरशीपबाट स्वतन्त्र भएकी छन् । लसएञ्जल्स काउन्टी सुपेरियर कोर्टका न्यायाधीश ब्रेडा पेनीले पपस्टार ब्रिटनीको कन्जरभेटरसिपलाई अन्त्य गर्ने फैसला सुनाएपछि उनी स्वतन्त्र भएकी हुन् ।

१३ वर्ष यता ब्रिटनी पिताको कन्जरभेटरसिपमा थिइन् । जसकारण उनका पिता जेम्सले ब्रिटनीको व्यावसायिक, सामाजिक र आर्थिक सबै निर्णय आफैं लिन्थे । ब्रिटनीका वकिल मेथ्यु रोजेनगार्टले यो फैसला ब्रिटनीका लागि अविस्मरणीय दिन भएको बताए ।

ब्रिटनीका पिता जेमी १३ वर्षयता ब्रिटनी र उनको ६० मिलियन डलरको सम्पत्तिको संरक्षक थिए । गत सेप्टेम्बरमा अदालतले ब्रिटनीको कन्जरभेटरशिपबाट जेमीलाई निलम्बन गरेको थियो । ब्रिटनीले पिता र परिवारमाथि कन्जरभेटरसिपको नाममा आफूमाथि गलत व्यवहार गरिएको आरोप लगाएकी थिइन् ।

ब्रिटनीको मेण्टल ब्रेकडाउनपछि सन् २००८ बाट यो कन्जरभेटिभको सुरुवात गरिएको थियो । ब्रिटनीले पितामाथि मानसिक शोषण, घरमा कैद, निजी जीवनमा केही गर्न नदिएको, पैसा आफूले राख्ने गरेको र आफ्नो विवाह र सन्तान जन्माउन नदिएको गम्भीर आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ११ : ३६ बजे

लैङ्गिक समानतालाई सुदृढ बनाउन हातेमालो आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक

रविको नेतृत्वमा सरकार नबने सदनमा बबाल हुन्छ : हर्क साम्पाङ

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले रवि

ललितुपर–२ मा रास्वपाका खरेल निर्वाचित

ललितपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नम्बर २ बाट राष्ट्रिय

गोरखा-१ मा सुधन गुरुङको अग्रता : कांग्रेस ३२० मतले पछाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच