मिडिया हबले निर्माण गर्यो ‘तगारो’ « Khabarhub

मिडिया हबले निर्माण गर्यो ‘तगारो’


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली हास्यव्यङ्ग्य टेलिभिजन कार्यक्रमहरु निर्माण तथा बिक्री गर्ने मिडिया हबले नयाँ टेलिफिल्म ‘तगारो’ निर्माण गरेको छ । यो सिरियल प्रत्येक साताको बिहीबार प्रसारण हुनेछ ।

कृष्ण लामिछानेको निर्देशन रहेको टेलिफिल्मले समसामयिक, सामाजिक, राजनैतिक तथा पारिवारिक कथा देखाउनेछ । कृष्ण र सरिता दुलालको लेखन रहेको टेलिफल्ममा ‘मेरी बास्सै’का निर्देशकसमेत रहेका कलाकार दमन रुपाखेती ‘घरज्वाइँ’ निर्देशन सल्लाहकारका रुपमा रहनेछन् ।

टेलिफिल्ममा कृष्ण लामिछाने, एन्जल बिएसके, आरबी शर्मा, ज्ञानबहादुर खड्का, निरज मोक्तान, नवीन काफ्ले, प्रमिशा क्षेत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

टेलिफिल्ममा रेशम दर्लामीको छायांकन, रविन भट्ट, सरिता गौतम र अशोक चौधरीको सम्पादन रहनेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १२ : ५४ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते