जिममा बोतलमै पिसाब गर्छन ड्वेन « Khabarhub

जिममा बोतलमै पिसाब गर्छन ड्वेन


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(आजतक)– हलिउड स्टार ड्वेन जोनसन नयाँ फिल्म ‘रेड नोटिस’लाई लिएर चर्चामा छन् । उनी लगातार यो फिल्मको प्रमोसन गरिरहेका छन् । यो फिल्ममा उनीसँगै ‘वण्डर वुमन’ गेल गेडोट र अभिनेता रायन रेनाल्ड्स पनि छन् ।

केही समय अघि ड्वेनले एक इन्स्टाग्राम भिडियोमा आफूले जिमको समयमा पानीको बोतलमा पिसाब गर्ने गरेको खुलासा गरेका थिए । उनले यसको कारण पनि बताएका छन् ।

‘म वास्तवमै पानीको बोतलमा पिसाब गर्छु । तर यसको कारणबारे मलाई बताउन दिनुहोस् । यो त्यस्तो बोतल होइन्, जुन म पानीका लागि किन्छु । जसलाई तपाईं काम सकिएपछि धोएर सफा गर्नुहुन्छ । यो त्यो बोतल हो, जसलाई म प्रयोग गर्दिनँ । म जुन जिममा बढी वर्कआउट गर्छु, त्यहाँ बाथरुम हुँदैन । किनकी त्यो आयरन पेराडाइस हो । त्यो तातो, पसिनायुक्त र गन्हाउने हुन्छ ।’ उनले भनेका छन् ।

ड्वेनका अनुसार दिनमा कैयौं पटक उनले आफूलाई हल्का बनाउनुपर्ने हुन्छ । त्यहीकारण उनी दिनमा आफूलाई राम्रोसँग हाइड्रेट राख्नमा विश्वास गर्छन् ।

सन् २०१७ मा एक इन्स्टाग्राम भिडियो शेयर गर्दै ड्वेनले आफूले बोतलमा पिसाब गर्ने गरेको बताएका थिए । उनले जिमको बेला आफूलाई ‘बाथरुम ब्रेक’ लिने समय नभएकाले बोतलमै पिसाब गर्नुपरेको फ्यानलाई बताएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ३ : ३८ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा