जिममा बोतलमै पिसाब गर्छन ड्वेन | Khabarhub Khabarhub

जिममा बोतलमै पिसाब गर्छन ड्वेन


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(आजतक)– हलिउड स्टार ड्वेन जोनसन नयाँ फिल्म ‘रेड नोटिस’लाई लिएर चर्चामा छन् । उनी लगातार यो फिल्मको प्रमोसन गरिरहेका छन् । यो फिल्ममा उनीसँगै ‘वण्डर वुमन’ गेल गेडोट र अभिनेता रायन रेनाल्ड्स पनि छन् ।

केही समय अघि ड्वेनले एक इन्स्टाग्राम भिडियोमा आफूले जिमको समयमा पानीको बोतलमा पिसाब गर्ने गरेको खुलासा गरेका थिए । उनले यसको कारण पनि बताएका छन् ।

‘म वास्तवमै पानीको बोतलमा पिसाब गर्छु । तर यसको कारणबारे मलाई बताउन दिनुहोस् । यो त्यस्तो बोतल होइन्, जुन म पानीका लागि किन्छु । जसलाई तपाईं काम सकिएपछि धोएर सफा गर्नुहुन्छ । यो त्यो बोतल हो, जसलाई म प्रयोग गर्दिनँ । म जुन जिममा बढी वर्कआउट गर्छु, त्यहाँ बाथरुम हुँदैन । किनकी त्यो आयरन पेराडाइस हो । त्यो तातो, पसिनायुक्त र गन्हाउने हुन्छ ।’ उनले भनेका छन् ।

ड्वेनका अनुसार दिनमा कैयौं पटक उनले आफूलाई हल्का बनाउनुपर्ने हुन्छ । त्यहीकारण उनी दिनमा आफूलाई राम्रोसँग हाइड्रेट राख्नमा विश्वास गर्छन् ।

सन् २०१७ मा एक इन्स्टाग्राम भिडियो शेयर गर्दै ड्वेनले आफूले बोतलमा पिसाब गर्ने गरेको बताएका थिए । उनले जिमको बेला आफूलाई ‘बाथरुम ब्रेक’ लिने समय नभएकाले बोतलमै पिसाब गर्नुपरेको फ्यानलाई बताएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ३ : ३८ बजे

खेलकुद महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा चन्द सर्वसम्मत

धनगढी । नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा प्रकाश चन्द

अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी

तेहरान – इरानले द्वन्द्व भड्किए उक्त क्षेत्रमा रहेको अमेरिकी सैन्य

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय जेठ २९ र ३० गते बन्द

वीरगञ्ज – अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि वीरगञ्ज महानगरले

कैलाली र कञ्चनपुरमा गर्मीले जनजीवन कष्टकर

सुदूरपश्चिम – केही दिनदेखिको उखरमाउलो गर्मीले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन

दुई करोड बढीको गहनासहित चारजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले रु दुई करोड बढी मूल्यका सुन,