जन्मदिनमा हरिवंश भन्छन्– मज्जाले निदाएर जुनीभर बाँच्ने हो | Khabarhub Khabarhub

जन्मदिनमा हरिवंश भन्छन्– मज्जाले निदाएर जुनीभर बाँच्ने हो


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता हरिवंश आचार्यको पहिचान केवल अभिनयमा मात्र छैन । उनी लेखक, निर्देशक र गायक पनि हुन् । यिनै हरिवंशले शनिबार आफ्नो ६४ औं जन्मोत्सव मनाएका छन् ।

हरिवंशले जन्मदिनको अवसर पारेर आफ्नो योजना खबरहबसँग बताएका छन् । उनले अबका दिनमा तनावरहित जीवन बिताउने खुलाए ।

‘अब बाँकी जीवन तनाव नलिइ बाँच्ने हो । कामदेखि अन्य कुनै पनि कुरामा तनाव नलिने प्रण गरेको छु’, उनले भने, ‘अझ भनौं न मज्जाले निदाएर जुनीभर बाँच्ने हो ।’

हरिवंशको व्यस्तता टेलिभिजनदेखि फिल्मसम्म उत्तिकै छ । हरिवंश निर्माता सन्तोष सेनको फिल्म ‘हुतुतु’मा अभिनय गर्दैछन् । कोभिड महामारीका कारण सुटिङमा जान रोकिएको फिल्मको चाँडै नै सुटिङको तयारी हुँदैछ ।

उनी निर्देशक प्रदीप भट्टराई र निर्माता रवीन्द्रसिंह बानियाँको नयाँ फिल्ममा पनि अभिनय गर्दैछन् ।

हरिवंशको जन्म २०१४ साल कार्तिक २७ गते काठमाडौंको गैरीधारामा भएको हो । उनको दुई कृति ‘चिना हराएको मान्छे’ र ‘हरिबहादुर’ पाठकले रुचाएका पुस्तकमा पर्छन् । हरिवंशले गाएका गीतहरु ‘हाम्री आमा साह्रै नै बाठी छन्’, ‘साझा बसमा जो पनि चढ्दछ’, ‘सारंगी रेटौंला’, ‘एउटा कुरा छ’, ‘चञ्चले चञ्चले गण्डकी अञ्चले’लगायत लोकप्रिय छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ४ : ०८ बजे

कङ्गोमा भारी वर्षा, २९ जनाको मृत्यु

एजेन्सी – लोकतान्त्रिक गणतन्त्र कङ्गोको राजधानीमा एह हप्तामा भारी वर्षाका

एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण

रसुवा– प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको

कहाँ गए कांग्रेस-एमालेका सांसद ? 

काठमाडौं– प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको बजेट सम्बन्धी छलफल

सिप मेलाका बहिरालाई महानगरको टेको

रमेश पौडेल  धनुषा घर भएकी अस्मिता सार्की काठमाडौं महानगरपालिकाले सञ्चालन

नयाँ बजेटमा युवाको नजर

सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरेको बजेटमा