जन्मदिनमा हरिवंश भन्छन्– मज्जाले निदाएर जुनीभर बाँच्ने हो « Khabarhub

जन्मदिनमा हरिवंश भन्छन्– मज्जाले निदाएर जुनीभर बाँच्ने हो


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता हरिवंश आचार्यको पहिचान केवल अभिनयमा मात्र छैन । उनी लेखक, निर्देशक र गायक पनि हुन् । यिनै हरिवंशले शनिबार आफ्नो ६४ औं जन्मोत्सव मनाएका छन् ।

हरिवंशले जन्मदिनको अवसर पारेर आफ्नो योजना खबरहबसँग बताएका छन् । उनले अबका दिनमा तनावरहित जीवन बिताउने खुलाए ।

‘अब बाँकी जीवन तनाव नलिइ बाँच्ने हो । कामदेखि अन्य कुनै पनि कुरामा तनाव नलिने प्रण गरेको छु’, उनले भने, ‘अझ भनौं न मज्जाले निदाएर जुनीभर बाँच्ने हो ।’

हरिवंशको व्यस्तता टेलिभिजनदेखि फिल्मसम्म उत्तिकै छ । हरिवंश निर्माता सन्तोष सेनको फिल्म ‘हुतुतु’मा अभिनय गर्दैछन् । कोभिड महामारीका कारण सुटिङमा जान रोकिएको फिल्मको चाँडै नै सुटिङको तयारी हुँदैछ ।

उनी निर्देशक प्रदीप भट्टराई र निर्माता रवीन्द्रसिंह बानियाँको नयाँ फिल्ममा पनि अभिनय गर्दैछन् ।

हरिवंशको जन्म २०१४ साल कार्तिक २७ गते काठमाडौंको गैरीधारामा भएको हो । उनको दुई कृति ‘चिना हराएको मान्छे’ र ‘हरिबहादुर’ पाठकले रुचाएका पुस्तकमा पर्छन् । हरिवंशले गाएका गीतहरु ‘हाम्री आमा साह्रै नै बाठी छन्’, ‘साझा बसमा जो पनि चढ्दछ’, ‘सारंगी रेटौंला’, ‘एउटा कुरा छ’, ‘चञ्चले चञ्चले गण्डकी अञ्चले’लगायत लोकप्रिय छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ४ : ०८ बजे

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)