माथेमालगायत चार पूर्वउपकुलपतिले भने : न्यायालयले विश्वास गुमाएपछि कहाँ जाने ? « Khabarhub

माथेमालगायत चार पूर्वउपकुलपतिले भने : न्यायालयले विश्वास गुमाएपछि कहाँ जाने ?


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका चार जना पूर्वउपकुलपतिले न्यायालयमा देखिएको समस्या समाधानका लागि सरकार र दलहरुको ध्यानाकर्षण गराएका छन् ।

पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविनप्रकाश जंग शाहले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै बार एशोसिएशनको आन्दोलनको न्यायोचित निकासका लागि सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा लामो समयदेखि सर्बोच्च अदालतमा भइरहेको बार एशोसिएशनको आन्दोलन र जिम्मेवार निकायहरूले त्यसप्रति देखाएको उदासिनता देशकै लागि ठूलो दुर्भाग्यको विषय बनेको उल्लेख छ। न्यायालयप्रति जनताको विश्वासमा स्खलन आउन नदिन पनि आन्दोलनले अविलम्ब निकास पाउन जरूरी भएकोमा जोड दिइएको छ ।

‘न्यायालयले जनताको विश्वास गमाएपछि न्याय पाउन जनता जाने कहाँ ? यस्तो स्थितिप्रति सरकार र राजनैतिक दलहरू संवेदनहीन भएर बस्नु भनेको अत्यन्त आश्चर्यलाग्दो छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जनताले सरकारलाई गैरजिम्मेवार र राजनैतिक नेताहरूलाई अवसरवादीको आक्षेप लगाउने स्थिति नआओस् भन्ने हामी चाहन्छौँ । आन्दोलनसँग गाँसिएको स्थितिको सुधार र समस्याको समाधानतर्फ सरकार र दलहरूले अविलम्ब पाइला चालोस्, हाम्रो आग्रह छ ।’

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : ४६ बजे

साताको कार्टुन : देउवालाई ओलीको ‘ललिपप’

काठमाडौं– एकसाता अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च

मुआब्जा नपाएपछि स्थानीयबाट माथिल्लो रावाखोला आयोजना बन्द

खोटाङ– प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला

आज संसद् सेवा दिवस मनाइँदै

काठमाडौं– आज संघीय संसद सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ

मेसी समर्थकले किन तोडफोड गरे भारतको रंगशाला ?

कोलकाता – भारतको तीन दिने भ्रमणमा रहेका विश्व प्रसिद्ध अर्जेन्टिनी