युक्रेनद्वारा नाटो र इयु  देशहरूसँग एयरलिफ्ट सम्झौतामा हस्ताक्षर « Khabarhub

युक्रेनद्वारा नाटो र इयु  देशहरूसँग एयरलिफ्ट सम्झौतामा हस्ताक्षर


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युक्रेनले  उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) र युरोपेली संघका सदस्य राष्ट्रहरूसँग एयरलिफ्ट सेवा सम्झौतामा हस्ताक्षर गरेको छ ।

सरकारी विमान निर्माता एन्टोनोभले रणनीतिक एयरलिफ्ट अन्तरिम समाधान (SALIS) कार्यक्रम अन्तर्गत उक्त सम्झौता गरेको हो ।

पाँच वर्षको सम्झौता अन्तर्गत, एन्टोनोभले स्थायी आधारमा दुईवटा एन-१२४-१०० विमानहरू उपलब्ध गराउनुपर्नेछ । तिनीहरू जर्मनीको लाइपजिग एयरपोर्टमा स्ट्यान्ड-बाई मोडमा पार्क गर्नुपर्नेछ ।

साथै एन्टोनोभले थप तीनवटा विमानहरू उपलब्ध गराउनु पर्नेछ । एन्टोनोभ कम्पनीको वाणिज्य विभागका प्रमुख ब्लागोभिस्नीले कीभमा एक मिडिया ब्रिफिङमा पत्रकारहरूलाई उक्त जनाकारी दिएका हुन् ।

आवश्यकता परेको खण्डमा एन्टोनोभले नाटो र ईयूको हितमा एयरलिफ्ट मिसनहरू गर्नका लागि एन्टोनोभले विश्वको सबैभन्दा ठूलो विमान एन -२२५ मृया, साथै एनटेइ एन -२६  र एन -७४ ट्राफिक विमानहरू उपलब्ध गराउँन सक्नेछ भन्ने पनि परिकल्पना गरिएको छ ।

उक्त कार्यक्रमले आफ्ना सदस्य राष्ट्रहरूलाई विशेष विमान चार्टर गर्न आफ्नो स्रोत जुटाउन अनुमति दिएको छ जसले गठबन्धनलाई हवाई मार्गबाट विश्वभर भारी कार्गो ढुवानी गर्ने क्षमता  बढाउँन मद्दत पुग्नेछ ।

हाल, बेल्जियम, पोल्याण्ड, स्लोभाकिया, स्लोभेनिया, चेक गणतन्त्र, जर्मनी, नर्वे, हंगेरी र फ्रान्स गरी नौ देशहरू सलिस कार्यक्रममा सहभागी छन्।

युक्रेनले २००६ देखि उक्त कार्यक्रम अन्तर्गत नाटोसँग सहयोग गर्दै आएको छ भने २०१९ मा हस्ताक्षर गरिएको पक्षहरू बीचको हालको सम्झौता ३१ डिसेम्बरमा समाप्त हुँदैछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ७ : ३० बजे

सर्वोत्कृष्ट उद्यमी पुरस्कृत

गुल्मी– रेसुङ्गा नगरपालिकाले उद्यमशीलता प्रवर्द्धनका लागि सञ्चालन गरेको ‘वृद्धिमुखी उद्यमशीलता

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी तैनाथ

काराकास- भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी दुई ठूला

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई

सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइने

ललितपुर– ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित