नेपालसहित १० देश कोरोनाको ‘उच्च जोखिम’ मा :  कतार « Khabarhub

नेपालसहित १० देश कोरोनाको ‘उच्च जोखिम’ मा :  कतार


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : नेपाली कामदारको श्रम गन्तब्य रहेको कतारले नेपालसहित १० देशलाई कोरोना (कोभिड-१९ ) को उच्च जोखिम ‘रेड लिष्ट’ को सूचीमा राखेको छ ।

नोभेम्वर १५ तारिखदेखि लागू हुनेगरी  नेपाल, बंगलादेश, ईजिप्ट, भारत, ईण्डोनेशिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, सुडान तथा दक्षिण सुडानलाई रेड लिष्टमा रहेको कतारको स्वास्थ्य मन्त्रालयलाई उद्रित गर्दै गल्फ टाइम्सले जनाएको छ । नयाँ सूचीअनुसार १ सय ८१ मुलुकहरु हरियो सूचीमा परेका छन् ।

यस्तै, कतारमा पछिल्लो २४ घण्टामा १३७ जनामा नयाँ संक्रमण भेटिएको छ । यो संगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख ४० हजार ९६५ पुगेको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अवधिमा १ सय ४२ जना उपचारपछि निको भएर घर फर्किएसँगै संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ३८ हजार ७१७ पुगेको छ ।  संक्रमणबाट अहिलेसम्म ६ सय ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा १ हजार ६ सय ३७ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ८४ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । तीमध्ये ११ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

अहिलेसम्म कोरोनाले कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । अहिलेसम्म कतारमा ४८ लाख ७६ हजार ७७८ डोज खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : ५० बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६