सर्वोच्चका दुबै गेटमा धर्ना दिने बारको तयारीपछि दंगा प्रहरी परिचालन « Khabarhub

सर्वोच्चका दुबै गेटमा धर्ना दिने बारको तयारीपछि दंगा प्रहरी परिचालन


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च परिसरमा छिर्न नदिन नेपाल बार एसोसिएशनले दुबै गेटमा धर्नाको तयारी गरेपछि दंगा प्रहरी परिचालन गरिएको छ ।

जबराविरुद्धको आन्दोलनलाई थप कडा पारेको बारले आज बिहान १० बजे अघिदेखि नै अदालत परिसरमा धर्ना दिँदै दुबै गेटसम्म पुग्ने तयारी गरेपछि दंगा प्रहरी परिचालन गरिएको हो ।

यसअघि शुक्रबार प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए ।

देशव्यापी आन्दोलनमा बार

प्रधानन्यायाधीश  जबराविरूद्ध जारी आन्दोलनलाई नेपाल बार एशोसिएसन आजदेखि नै देशव्यापी बनाएको छ ।

यसअघि सर्वोच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकामा आजदेखि आन्दोलन देशभर विस्तार गरिएको हो ।

बारका महासचिव लीलामणि पौडेलका अनुसार काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा दिउँसो १२ बजेसम्म मुद्दा सुनुवाइ हुनेछैन । बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा छ ।

इजलास तोक्दा ‘अटोमेसन’ वा ‘गोलाप्रथा’ लागू गर्न अनिच्छा देखाएका जबराले न्याय निरूपण गर्दा ‘मोलहिज्जा’ गरेको, न्यायालय सुधारमा लाग्नको साटो सत्ता सञ्चालनमा समेत भागवण्डा खोजेर जेठानलाई नै मन्त्री बनाएको जस्ता आरोप लागेको छ । त्यसैको विरोधमा न्यायिक वृत्त नै जबराको विपक्षमा छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १० : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै