सर्वोच्चका दुबै गेटमा धर्ना दिने बारको तयारीपछि दंगा प्रहरी परिचालन « Khabarhub

सर्वोच्चका दुबै गेटमा धर्ना दिने बारको तयारीपछि दंगा प्रहरी परिचालन


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च परिसरमा छिर्न नदिन नेपाल बार एसोसिएशनले दुबै गेटमा धर्नाको तयारी गरेपछि दंगा प्रहरी परिचालन गरिएको छ ।

जबराविरुद्धको आन्दोलनलाई थप कडा पारेको बारले आज बिहान १० बजे अघिदेखि नै अदालत परिसरमा धर्ना दिँदै दुबै गेटसम्म पुग्ने तयारी गरेपछि दंगा प्रहरी परिचालन गरिएको हो ।

यसअघि शुक्रबार प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए ।

देशव्यापी आन्दोलनमा बार

प्रधानन्यायाधीश  जबराविरूद्ध जारी आन्दोलनलाई नेपाल बार एशोसिएसन आजदेखि नै देशव्यापी बनाएको छ ।

यसअघि सर्वोच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकामा आजदेखि आन्दोलन देशभर विस्तार गरिएको हो ।

बारका महासचिव लीलामणि पौडेलका अनुसार काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा दिउँसो १२ बजेसम्म मुद्दा सुनुवाइ हुनेछैन । बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा छ ।

इजलास तोक्दा ‘अटोमेसन’ वा ‘गोलाप्रथा’ लागू गर्न अनिच्छा देखाएका जबराले न्याय निरूपण गर्दा ‘मोलहिज्जा’ गरेको, न्यायालय सुधारमा लाग्नको साटो सत्ता सञ्चालनमा समेत भागवण्डा खोजेर जेठानलाई नै मन्त्री बनाएको जस्ता आरोप लागेको छ । त्यसैको विरोधमा न्यायिक वृत्त नै जबराको विपक्षमा छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १० : २३ बजे

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान