गुल्मी प्रहरीद्वारा फरार दुई अभियुक्त पक्राउ « Khabarhub

गुल्मी प्रहरीद्वारा फरार दुई अभियुक्त पक्राउ


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मी प्रहरीले फरार दुई अभियुक्त पक्राउ गरेको छ । प्रहरीले गतबर्षको २३ पुसमा १७ बर्षीया किशाेरीलाई बलात्कार गरेर फरार भएका कपिलवस्तु बाणगंगा नगरपालिका- १ पिपराका २१ बर्षीय चन्द्रबहादुर थापालाई १० महिनापछि घरबाटै पक्राउ गरेको हो ।

थापालाई कपिलवस्तु प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले पक्राउ गरेको हो । बलात्कार भएको बारेमा बालिकाले परिवारलाई लामाे समयसम्म बताएकी थिइनन् ।

आरोपितले बलात्कारपछि पनि पटक पटक मानसिक तनाव दिएपछि बालिकाले परिवारलाई बताएकी थिइन् । त्यसपछि पीडित परिवारले १० महिनापछि १६ कात्तिकमा थापाविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

उजुरीपछि खोजतसालका क्रममा थापालाई प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भटराईसहितको टोलीले घरैबाट पक्राउ गरेर ल्याएको पाण्डेयले बताए ।

यस्तै ३१ बर्यीया महिलालाई बलात्कार गरेर फरार रहेका गुल्मी मुसिकोट नगरपालिका- ८ का ४७ बर्षीय चन्द्रे सार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपित सार्कीले महिलालाई गत १७ भदौमा बलात्कार गरेर फरार भएका थिए ।

सार्कीविरुद्ध परिवारले २१ भदौमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाे थियाे । त्यसपछि खोजतलासका क्रममा घर नजिकबाटै पक्राउ गरेर अदालतमा पेश गरी आवश्यक अनुसन्धान जारी रहेकाे प्रहरी जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  २ : ३७ बजे

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्