असान्जविरुद्ध थप नयाँ १७ अभियोग « Khabarhub

असान्जविरुद्ध थप नयाँ १७ अभियोग


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– गोप्य दस्तावेज सार्वजनिक गरेर तहल्का मच्चाएको वेबसाइट विकिलिक्सका संस्थापक जुलियन असान्जविरुद्ध जासुसी गरेको थप नयाँ १७ अभियोग अमेरिकी अदालतमा दर्ता गरिने भएको छ ।

अमेरिकाको न्याय मन्त्रालयले असान्जविरुद्ध जासुसी अभियोगमा थप १७ अभियोग दर्ता गरिने जनाएको हो । उनले अमेरिकी सेनाकी पूर्व जासुसी विश्लेषक चेल्सी मेनिङसँग मिलेर गैरकानूनी रुपमा अमेरिकी गोप्य सैनिक दस्तावेज सार्वजनिक गरेको गोप्य श्रोतहरुको विवरण खुलाएको र उनको यस्तो कदमबाट ठूलो सङ्ख्यामा मानिसहरुको ज्यान जोखिममा पर्न गएको लतायतका अभियोग लगाइएको छ ।

यसअघि उनीविरुद्ध अमेरिकी सेनाविरुद्ध षड्यन्त्र गरी सन् २०१० मा गोप्य दस्तावेज सार्वजनिक गरेको अभियोग लगाइएको थियो । यी सबै अभियोगमा दोषी पाइए उनलाई कम्तीमा १७० वर्षको जेलसजाय हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि उनलाई लण्डनमा रहेको इक्वेडोरको राजदूतावासमा शरण दिँदै आएपनि इक्वेडोरले उनको शरण फिर्ता लिएपछि उनी हाल बेलायती जेलमा छन् । बेलायतमा उनलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया चलिरहेको बताइएको छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १ : ३८ बजे

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र