ग्लोबल आइएमई बैंकले शुरु गर्‍यो डिजिटल बैंकिङ अभियान « Khabarhub

ग्लोबल आइएमई बैंकले शुरु गर्‍यो डिजिटल बैंकिङ अभियान


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरेको छ ।

बैंकले शनिबार बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको हो ।

स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ यस अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८६ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाउने जनाएको छ ।

आजको समयमा डिजिटल बैंकिङ्ग अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङ्गको प्रयोग र यसका फाइदाहरुको बारेमा सर्वसाधारणसमक्ष जानकारी पुर्‍याउनु जरुरी रहेको बैंकले जनाएको छ ।

यस्तो समाजपयोगी कार्यक्रमको आयोजना गरेकोमा स्थानीयले बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा बैंकको तर्फबाट बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी, सञ्चालन प्रमुख अनामिका सिंह, बाग्मती प्रदेश प्रमुख धोज साउद, बाग्मती प्रदेश उप–प्रमुख प्रवेश पाण्डे, डिजिटल बैंकिङ्ग प्रबन्धक मनिन्द्रराज जोशी, ट्रान्ज्याक्सन बैंकिङ्ग प्रमुख प्रकाश पौडेल, कार्ड सञ्चालन प्रबन्धक रुपेश शर्मा, बनेपा शाखाका प्रबन्धक एकराज बर्तौला, पनौती शाखाका प्रबन्धक राजगोपाल श्रेष्ठ तथा बैंकका अन्य पदाधिकारी तथा बनेपाका स्थानीयको सहभागिता थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ३ : ०७ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान