पौडेलले देउवालाई भने : सुतुरमुर्गा शैलीमा कति दिन मुन्टो लुकाउने ? | Khabarhub Khabarhub

पौडेलले देउवालाई भने : सुतुरमुर्गा शैलीमा कति दिन मुन्टो लुकाउने ?


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी कार्यालयमा बैठक गर्न नसकी भागेको बताएका छन् । आइतबार बुढानिलकण्ठमा जारी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै पौडेलले पार्टी कार्यालय सानेपामा कार्यकर्ता अनसन बसेकाले भागेर बुढानिलकण्ठमा आउनुपरेको बताए ।

उनले बैठकमा भने, ‘रौतहटका कार्यकर्ता ११६ दिनदेखि अनसन बसेका छन्। सोही कारण हामी भागेर बुढानिलकण्ठमा बैठक बसेका छौं। सानेपाबाट भाग्नु परेको छ। हामी कसरी अघि बढ्ने हो ? तपाइँकै जिल्ला डडेल्धुराका मान्छे सानेपामा बसेका छन्। मैले भनेर हुने होइन तपाईंको जिल्लाको कुरा हो मैले छोएर हुने होइन।’

पार्टी कार्यालयमा कार्यकर्ता अनसन बसेपछि सभापति देउवा सानेपा जान छाडेका छन् । यही विषयमा वरिष्ठ नेता पौडेलले सभापति देउवामाथि प्रश्न उठाएका हुन् । उनले भने, ‘पार्टीको कार्यालाय छोडेर हिड्न पर्ने अवस्थाको अन्त्य गर्ने कि नगर्ने ? अनसन अन्त्य गर्ने कि नगर्ने ? सुतुरमुर्गा सैलीमा मुन्टो लुकाएर कति दिन हिँड्ने ? अवस्था सुधार्ने कि नगर्ने ? जिल्लाबाट गुनासो लिएर सानेपामा कार्यक्रता आँउछन् गुनोसो कसले सुनिदिने ? हामी सबै यहाँ बसेअ छौँ । यी समस्या कसरी टुंगो लगनउने ? समस्या समधान नगरी कसरी प्रस्ताव पास हुन्छ ? पास पास मात्र भनेर हुन्छ ?’

क्रियाशील सदस्यता विवादका कारण सानेपामा अनसन जारी छ । तर, संस्थापन पक्षबाट अनसन तोडाउने प्रयास भएको छैन ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : १८ बजे

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका

उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिस्कार

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन्।

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश

बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री

औद्योगिक ग्रामको काम अघि बढेन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने

प्रतिनिधिसभा निर्वाचन : दर्ताका लागि पहिलो दिनमै १२ निवेदन

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनका लागि सोमबार १२ वटा दलले दर्ताको निवेदन