मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने « Khabarhub

मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

विश्वासको मत लिनका लागि दुई दिनअघि प्रदेशसभामा सचिवालयमा सूचना दर्ता गर्नुपर्ने प्रवधान आइतबार सूचना दर्ता गराइएको हो ।

मंगलबार दिउँसो साढे १२ बजे प्रदेशसभाको बैठक बस्दैछ । सोही बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिनेछन् ।

गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् ।

हाल ९२ सदस्यीय प्रदेशसभाको विश्वास रहेको प्रमाणित गर्न मुख्यमन्त्रीले ४७ मत पाउनुपर्छ । सत्तारुढ गठबन्धन नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गरी ५० जना सांसद् छन् ।

प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ४० र राप्रपाका एक जना सांसद् छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : ४८ बजे

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

जिल्ला प्रशासन गुल्मीले भन्यो- बाढीपीडितका नाममा अनधिकृत ढङ्गले चन्दा सङ्कलन नगर्नू

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

रसुवा– रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि

सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध

सिन्धुपाल्चोक– नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं– अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग