देउवाको नेतृत्वमा महाधिवेशन तयारी मुल समिति गठन | Khabarhub Khabarhub

देउवाको नेतृत्वमा महाधिवेशन तयारी मुल समिति गठन


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशन अन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ ।

आइतबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सात प्रदेशमा अधिवेशन गराउन केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिएको हो । प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, वाग्मतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदुरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोक्ने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते तोकिएको छ ।

बैठकले पार्टी सभापति देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति पनि गठन गरेको छ । महाधिवेशनका लागि अर्थ संकलनका लागि सञ्चार मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ ।

भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेलाई दिइएको छ । विदेशी पाहुना स्वागतका लागि प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको भने प्रचार संयोजकमा प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन् ।

बैठकमा नीति र नेतृत्व महाधिवेशन फरक–फरक गर्ने गरी महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव पेश गरेका छन् ।

प्रवक्ता शर्माले अहिले नेतृत्व महाधिवेशन गर्ने र अब आउने नेतृत्वले उचित समयमा नीति महाधिवेशन गर्नेबारे बैठकमा छलफल भएको जानकारी दिए । बैठकमा निर्वाचन समितिले गरेको महाधिवेशन कार्यतालिका हेरफेर गर्ने प्रस्ताव पनि पेश भएको शर्माले बताए ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने तय भएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ७ : ३५ बजे

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका

उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिस्कार

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन्।

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश

बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री

औद्योगिक ग्रामको काम अघि बढेन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने

प्रतिनिधिसभा निर्वाचन : दर्ताका लागि पहिलो दिनमै १२ निवेदन

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनका लागि सोमबार १२ वटा दलले दर्ताको निवेदन