विलियम्सनले विस्फोटक ब्याटिङ गरेपछि अष्ट्रेलियालाई १७३ रनको लक्ष्य | Khabarhub Khabarhub

विलियम्सनले विस्फोटक ब्याटिङ गरेपछि अष्ट्रेलियालाई १७३ रनको लक्ष्य


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुबईमा जारी टी ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाले रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ४ विकेटको क्षतिमा १७२ रन बनायो ।

न्यूजिल्याण्डका लागि कप्तान केन विलियम्सनले विस्फोटक ब्याटिङ गरेपछि उसले चुनौतीपूर्ण स्कोर बनायो ।

विलियम्सनले ४८ बलमा ८५ रन बनाए । उनले ३ छक्का र १० चौका प्रहार गरे । निकै सुस्त खेलेका मार्टिन गप्टिलले ३५ बलमा २८ रन बनाए ।

अष्ट्रेलियाका लागि जोश हेजलवुड सबैभन्दा सफल बलर बने । उनले ४ ओभरमा १५ रन दिएर तीन विकेट लिए। मिचेल स्टार्कले करिअरकै खराब बलिङ गरे । उनले ४ ओभरमा कुनै सफलता हात नपारी ६० रन दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ९ : ३३ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं – अत्यन्त रोमाञ्चक खेलमा बार्सिलोनालाई हराउँदै इन्टर युरोपेली च्याम्पियन्स

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल