खोप नलगाएहरुका लागि अष्ट्रियामा आजदेखि राष्ट्रव्यापी लकडाउन « Khabarhub

खोप नलगाएहरुका लागि अष्ट्रियामा आजदेखि राष्ट्रव्यापी लकडाउन

प्रतिबन्धहरूको पालना नगरेमा १,४५० युरोसम्म जरिवाना


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ – अष्ट्रियाली सरकारले देशमा कोरोनाभाइरसको द्रुत फैलावटलाई नियन्त्रण गर्ने उद्देश्यले आइतबार मध्यरातदेखि खोप नलगाएका व्यक्तिहरूका लागि राष्ट्रव्यापी लकडाउन आदेश जारी गरेको छ ।

यस घोषणाले १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधिहरू बाहेकका काममा आफ्नो घर छोड्न निषेध गरेको छ ।

सरकारी अधिकारीहरू कोभिड–१९ सङ्क्रमणबाट बढ्दो मृत्यु बारेमा चिन्ता व्यक्त गर्दै यस्तै अवस्था बिग्रिँदै गए यहाँका अस्पतालहरूले सङ्क्रमितको उपचार गर्न कठिन हुने बताएका छन् ।

‘जनताको सुरक्षा गर्नु अष्ट्रियाको सरकारको रूपमा हाम्रो काम हो,’ चान्सलर अलेक्ज्याण्डर शालेनबर्गले आइतबार भियनामा पत्रकारहरूसँग भने, ‘त्यसैले सोमबारदेखि खोप नभएकाहरूका लागि लकडाउन हुनेछ ।’

करिब ९० लाख जनसङ्ख्या भएको अल्पाइन देशमा लकडाउनले लगभग बीस लाख मानिसहरूलाई असर गरेको छ । लकडाउन सुरुमा १० दिनसम्म रहने छ । यसबीचमा प्रहरीहरूले नागरिकहरूले खोप लगाए नलगाएको सुनिश्चित गर्न गस्तीमा जानेछन् ।

खोप नलगाएका व्यक्तिहरूले प्रतिबन्धहरूको पालना नगरेमा १,४५० युरो (४१,६६०) सम्म जरिवाना गर्न सकिने छ ।

अष्ट्रिया पश्चिमी युरोपमा सबैभन्दा कम खोप लगाइएका मध्ये एक देश हो । त्यहाँ कूल जनसङ्ख्याको लगभग ६५ प्रतिशतमा मात्र पूर्णरूपमा खोप लगाइएको छ । पछिल्लो समय बढ्दो सङ्क्रमणले चिन्ताजनक अवस्था सृजना गरेको छ ।

आइतबार मात्रै त्यहाँ ११ हजार ५५२ सङ्क्रमणका नयाँ बिरामीहरू भेटिएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ५० बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र