बेलायती प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा दिने घोषणा « Khabarhub

बेलायती प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा दिने घोषणा


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– बेलायती प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् ।

पछिल्लो समय बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे आफ्नै पार्टीभित्र विवाद चर्किएपछि उनले पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री मेले ब्रेक्जिटबारे ईयूसँग गरेको सम्झौता उनको आफ्नै कन्जरभेटिभ पार्टीका नेताहरुले समेत रुचाएका थिएनन् । त्यसबाहेक उनले गरेको सम्झौतालाई बेलायती संसद्ले पटक–पटक अस्वीकार गरेपछि उनलाई आफ्नो पदबाट राजीनामा दिन तीब्र दबाब रहँदै आएको थियो ।

त्यस्तै, हालै उनले विपक्षी लेबर पार्टीसँग पनि आफूले ईयूसँग गरेको सम्झौताका विषयमा छलफल गर्ने जनाएकी थिइन् । तर, लेबर पार्टीका नेता जेरेमी कोर्बेनले ईयूसँग मेले गरेको सम्झौतामा आधारभूत परिमार्जन नहुन्जेलसम्म प्रधानमन्त्रीसँग कुनै सहमति हुन नसक्ने जनाएका थिए ।

अब बेलायती संसद्मा सबैभन्दा ठूलो पार्टीका रुपमा रहेको कन्जरभेटिभ पार्टीका नयाँ नेताले प्रधानमन्त्रीको पद सम्हाल्नेछन् । नयाँ कन्जरभेटिभ नेताको छनौट प्रक्रिया शुरु हुन भने केही समय लाग्ने बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ३ : ०८ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले