कानून व्यवसायीहरु सर्वोच्चको मुख्य गेटमा धर्नामा « Khabarhub

कानून व्यवसायीहरु सर्वोच्चको मुख्य गेटमा धर्नामा


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार पनि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना सुरु गरेको छ ।

बाक्लो मात्रामा खटिएको सुरक्षाकर्मीलाई धकेल्दै कानून व्यवसायी सर्वोच्चको मुख्य गेटमा पुगेर धर्नामा बसेका हुन् । हिजो आइतबार पनि उनीहरुले यसैगरी धर्ना दिएका थिए।

सर्वोच्च बार एशोसिएनका अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले आज प्रहरीले जान दिए अर्को गेटमा पनि धर्ना दिने बताएका छन् । आज मध्यान्न १२ बजेसम्म देशभरका सबै अदालतमा विरोधका कार्यक्रम हुने उनले बताएका छन् ।

बारले प्रधानन्याधीश राणालाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै गेटमै प्रदर्शन गर्दै आएको छ । तर उनी वैकल्पिक गेटबाट अदालत प्रवेश गर्दै आएका छन् । प्रहरीले अहिले माइकिङ गरिरहेको छ । अदालत परिसरमा हिजोभन्दा आज सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

कानून व्यवसायीहरुले राणाको बहिर्गमन नभएसम्म भोकभोकै रहेर भए पनि आन्दोलन जारी राख्ने बताएका छन्। बारले २२ देखि ३० सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेर प्रदर्शन गरिरहेको छ ।

प्रधानन्यायाधीश जबरा भने इजलास तोक्दै आएका छन् । बारले प्रधानन्यायाधीशद्वारा तोकिएका इजलासमा नजान आग्रह गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशलाई पत्र पठाइसकेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १० : ३७ बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल