वार्तामा आउन प्रधानन्यायाधीशले गरेको आह्वानपछि पनि रोकिएन बारको आन्दोलन (भिडियोसहित) | Khabarhub Khabarhub

वार्तामा आउन प्रधानन्यायाधीशले गरेको आह्वानपछि पनि रोकिएन बारको आन्दोलन (भिडियोसहित)


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बार एशोसिएसनलाई वार्ताका लागि आह्वान गरे पनि कानून व्यवसायीको आन्दोलन जारी छ ।

तेस्रो दिन पनि बैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका प्रधानन्यायाधीश राणाले लगत्तै विज्ञप्ति जारी गर्दै वार्तामा आउन बार एशोसिएसनलाई आह्वान गरेका थिए । तर, राणाले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने अडानमा रहेका कानून व्यवसायीले सर्वोच्च परिषरमा नाराबाजी र धर्ना जारी राखेका छन् ।

जबराको राजीनामा माग्दै १४ कात्तिकदेखि आन्दोलित बारको आन्दोलन आइतबार देशव्यापी भइसकेको छ ।

वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले प्रधानन्यायाधीशले बोलाएको वार्ताको औचित्य नभएको बताएका छन् ।  ‘वार्ता कुनै औचित्य छैन, राजीनामा नै हाम्रो सफलता हो, वार्तामा जान हुन्नँ. नजाऊ’, उनले भने ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १२ : ११ बजे

खोलामा बगेर बालकको मृत्यु

झापा– झापाको दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको

जबरजस्ती करणी मुद्दाका कैदी सुनसरी कारागार कार्यालयबाटै फरार 

काठमाडौं– जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक जना कैदी सुनसरी कारागार

टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन

इस्तानबुल– पछिल्ला दुई दशकमा धेरै नयाँ देशहरू देखा परेका छन्,

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल