प्रधानन्यायाधीशले गरेको वार्ता आह्वान नेपाल बार र सर्वोच्च बारद्वारा अस्वीकार | Khabarhub Khabarhub

प्रधानन्यायाधीशले गरेको वार्ता आह्वान नेपाल बार र सर्वोच्च बारद्वारा अस्वीकार


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

  • राणासँग वार्ता हैन, राजीनामाको मात्रै विकल्प : श्रेष्ठ
  • अब आउने नेतृत्वसँग मात्रै वार्ता हुन्छ : शाक्य

 काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि गरेको आह्वान बार एशोसिएसनले अस्वीकार गरेको छ ।

नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिसएन दुबैले वार्ता अस्वीकार गर्दै उनको राजीनामा नै बटमलाइन भएको प्रष्ट पारेका छन् ।

बारको आन्दोलन र धर्नाले मुख्य गेटमा अवरोध कायम भएपछितेस्रो दिन पनि बैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका प्रधानन्यायाधीश राणाले लगत्तै विज्ञप्ति जारी गर्दै वार्तामा आउन बार एशोसिएसनलाई आह्वान गरेका थिए ।

तर, राणाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने नेपाल बार र सर्वोच्च बारका अध्यक्षहरूले जनाएका छन्  ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले राणालाई विकृति र भ्रष्टाचारीको प्रवक्ता र पक्षपोषण गर्न नेतृत्वमा नपठाएको जनाउँदै भने, ‘हामीसँग बार्तामा नआएर भ्रम छर्न विज्ञप्ति बाँडिएको छ । हामी यसको लिखित रुपमा जवाफ दिन्छौं । वार्ता होइन राणासँग राजीनामाको मात्रै विकल्प छ ।’

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले राणाले जारी गरेको वक्तव्यप्रति ध्यानाकर्षण भएको जनाए । तर उनले आह्वान गरेको वार्तामा नबस्ने उनले बताए ।

‘अफिसमुनिको आन्दोलनलाई वक्तव्य जारी गरिएको छ । वक्तव्यको जवाफ वक्तव्यमै दिन्छौं । उहासँग वार्ताको कुरै हुँदैन । अवको वार्ता भनेको उहाँपछि आउने नेतृत्वसँग न्यायालय सुधारका लागि हुन्छ’, उनले भने ।

जबराको राजीनामा माग्दै १४ कात्तिकदेखि आन्दोलित बारको आन्दोलन आइतबारदेखि देशव्यापी भइसकेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १ : १२ बजे

कांग्रेस बैठकमा मुख्यमन्त्री पाण्डेले भने- फागुन २१ मै चुनाव हुने संकेत छ, हामीले ‘हुँदैन’ भन्नु ठिक होइन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र

पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर, जम्मा १७ प्रतिशत उत्तीर्ण 

काठमाडौं– प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा एकदमै

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट नौबुँदे प्रस्ताव पारित

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी

जाँचबुझ आयोगविरुद्ध दायर रिटमा कारण देखाउ आदेश

काठमाडौं– सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सह-संयोजकमा नेपाल चयन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी