शल्यक्रिया गर्दा बिरामीको पेटबाट निकालियो मोबाईल | Khabarhub Khabarhub

शल्यक्रिया गर्दा बिरामीको पेटबाट निकालियो मोबाईल


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक व्यक्ति निकै पेट दुखेपछि चिकित्सक कहाँ जान्छन् । केही घन्टापछि चिकित्सकले उनको पेटको एक्सरे गर्छन् । एक्सरे रिपोर्टमा ती व्यक्तिको पेटमा मोवाईल देखेपछि चिकित्सक नै चकित हुन्छन् । उनको तत्कालै शल्यक्रिया हुन्छ । यो हो पश्चिमी इजिप्टको आसवान युनिर्भसिटी अस्पतालको घटना ।

समाचार विवरणअनुसार ती व्यक्तिले ६ महिनाअगाडि एउटा मोबाईल फोन निलेका थिए । स्वाभाविक प्रक्रियाबाट दिशामार्फत मोबाईल बाहिर निस्कने आशामा उनले कसैलाई पनि भनेनन् ।

किनकी, आफ्नो अस्वाभाविक कामबाट उनी आफै लज्जित थिए । तर, पेट दुखेर सा-है पिडा हुन थालेपछि उनी चिकित्सककहाँ गएका थिए । मोवाईलका कारण उनलाई खान पनि असजिलो भएको थियो ।

ती व्यक्तिले आफ्नो समस्या बताउने बित्तिकै चिकित्सकले एक्सरे गरे । पेटभित्र एउटा मोबाईल देखियो । चिकित्सकले तत्कालै शल्यक्रिया गरे । मानिसले मोबाइल निलेर शल्यक्रियामार्फत झिकेको संभवत यो पहिलो घटना भएको चिकित्सकहरुले बताएका छन् ।

मोवाईल पेटबाट निकाले पनि ती व्यक्तिको स्वास्थ्य अवस्थाबारे थप केही बताइएको छैन् । शल्यक्रियापछि ती व्यक्ति पूर्ण रुपमा स्वस्थ हुने चिकित्सकहरुको विश्वास छ । उनले किन मोवाईल खाए भन्ने बारेमा इजिप्टका सञ्चार माध्यमहरुले केही खुलाएका छैनन् ।– न्युज कारखानाबाट

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १ : ४५ बजे

‘नागरिकताको मुद्दामा मानिँदैन सर्वोच्चको फैसलालाई नजिर’

काठमाडौं– सर्वोच्च अदालतबाट नागरिकता प्राप्तिसम्बन्धी भएको फैसलालाई नागरिकता बनाउने निकायले

उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौं- न्याय परिषदद्दारा उच्च अदालतका रिक्त न्यायाधीश नियुक्तिको प्रकिया अघि

प्रचण्डको घोषणा- माओवादी नेता-कार्यकर्ताका सन्तान निजी स्कुल र विदेश पढ्न जाँदैनन्

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय

मधेसका स्थानीय तहसँग सङ्घीय मामिला मन्त्रालयले सहजीकरण गर्दै

वीरगञ्ज– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट ल्याउन