सर्वोच्चका न्यायाधीश र बार एशोसिएसनका पदाधिकारी छलफलमा « Khabarhub

सर्वोच्चका न्यायाधीश र बार एशोसिएसनका पदाधिकारी छलफलमा


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ ।

राजीनामाको चर्को दवाब पर्दासमेत जबराले आफूलाई गैरकानूनी रुपमा हटाउन खोजेको आशयसहितको विज्ञप्ति जारी गरेपछि साझा धारणा बनाउन उनीहरू छलफलमा जुटेका हुन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे र राणाबाहेकका असन्तुष्ट सबै न्यायाधीश छलफलमा जुटेका छन् ।

सर्वोच्च बारका सचिव घिमिरेका अनुसार प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा साझा धारणा बनाउन छलफल थालिएको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ३ : १२ बजे

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा