राप्रपा प्रदेश अध्यक्ष : चार वटामा सर्वसम्मत, तीनमा प्रतिस्पर्धा « Khabarhub

राप्रपा प्रदेश अध्यक्ष : चार वटामा सर्वसम्मत, तीनमा प्रतिस्पर्धा


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी ११ देखि १३ मंसिरमा हुने महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश अध्यक्षका लागि तीनवटा प्रदेशमा प्रतिस्पर्धा भएको छ । ४ वटा प्रदेशमा सर्वसम्मत प्रदेश अध्यक्ष चयन भए पनि प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशमा प्रतिस्पर्धामार्फत नेतृत्व चयन गरिएको छ ।

‘चारवटा प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भएको छ, तीनवटामा भने प्रतिस्पर्धावाट अध्यक्षहरु निर्वाचित भएका छन्,’ राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने । उनका अनुसार संघीय शासन सुरु भएपछि पहिलो पटक राप्रपाले प्रदेश अधिवेशन गरेको हो ।

अध्यक्षका लागि प्रदेश १ मा भक्ति सिटौलालाई ३७ मतले पराजित गर्दै राम थापा बिजयी भएका छन् भने गण्डकीमा हेमजंग गुरुङले मदनबहादुर गुरुङलाई ७४ मतले पराजित गर्दै गण्डकी प्रदेशको नेतृत्व सम्हालेका छन् ।

लुम्बिनी प्रदेशमा प्रदिपकुमार उदय र ऋषिराज देवकोटाबीचको प्रतिस्पर्धामा उदयले बाजी मारेका छन् । उदयले २ सय ५६ मत ल्याउँदा देवकोटा १ सय ९४ मत पाएका छन् ।

श्रेष्ठका अनुसार चारवटा प्रदेशमा भने प्रदेश अध्यक्ष सर्वसम्मत चयन भएका छन् । जसअनुसार प्रदेश २, बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अध्यक्ष सर्वसम्मत चयन भए ।

प्रदेश २ मा भरत गिरी, बाग्मतीमा विक्रमबहादुर थापा, कर्णालीमा दीपकबहादुर शाही र सुदुरपश्चिममा धर्मराज जोशी सर्वसम्मत प्रदेश अध्यक्ष चयन भएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ९ : १० बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति