लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु « Khabarhub

लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ ।

सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयमा पढाइ सुरु भएको हो । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन ठप्प भएकोमा सोमबारदेखि फेरि सूचारु भएको हो ।

महामारी नियन्त्रणसम्बन्धी सरकारी उच्च अधिकारीहरू, सरोकारवालाहरू र विज्ञहरूसँगको छलफल र परामर्शका क्रममा अबदेखि भौतिक उपस्थितिमा पढाइ सुरु गर्नु उपयुक्त हुने सुझाव आएको थियो । सुझावका आधारमा सरकारले सूचना जारी गरेपछि विद्यालयका सरोकारवालाहरूले विद्यालय सञ्चालन गरेका हुन् ।

कोरोनाभाइरस फेरि फैलिन नदिनका लागि सतर्कता भने अपनाइरहनु पर्नेमा विज्ञहरूले जोड दिएका छन् । तर अहिले प्रतिबन्धात्मक व्यवस्था भने कुनै नरहेको उनीहरूको भनाइ छ । सरकारले विमानस्थल तथा जल यातायात मार्फत मानिसहरूलाई आवतजावत गर्न वा सामानहरू ओसारपसार गर्न दिन थालेको छ ।

यस्तै कुनै पनि यात्रुहरूलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था पनि अहिलेका लागि हटाइएको अधिकारीहरूले जनाएका छन् । सबै क्षेत्रमा खुल्ला गरेसँगै देशभरिको जनजीवन पनि अहिले सामान्य हुँदै गएको र आम नागरिक खुसी भएको समाचारमा जनाइएको छ ।

लाओस सरकारले यही वर्ष सन् २०२१ को अन्त्यसम्ममा खोप लगाउन मिल्ने कूल जनसङ्ख्याको आधालाई खोप लगाइसक्ने योजना बनाएको छ ।

लाओसमा अहिलेसम्म कोरोनाभाइरसबाट ५५ हजार १८ जना सङ्क्रमित भएका छन् भने १०४ जनाको कोरोनाकै कारणले मृत्यु भएको छ । त्यसैगरी लाओसमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १० हजार १५८ रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ३० बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग