लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु « Khabarhub

लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ ।

सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयमा पढाइ सुरु भएको हो । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन ठप्प भएकोमा सोमबारदेखि फेरि सूचारु भएको हो ।

महामारी नियन्त्रणसम्बन्धी सरकारी उच्च अधिकारीहरू, सरोकारवालाहरू र विज्ञहरूसँगको छलफल र परामर्शका क्रममा अबदेखि भौतिक उपस्थितिमा पढाइ सुरु गर्नु उपयुक्त हुने सुझाव आएको थियो । सुझावका आधारमा सरकारले सूचना जारी गरेपछि विद्यालयका सरोकारवालाहरूले विद्यालय सञ्चालन गरेका हुन् ।

कोरोनाभाइरस फेरि फैलिन नदिनका लागि सतर्कता भने अपनाइरहनु पर्नेमा विज्ञहरूले जोड दिएका छन् । तर अहिले प्रतिबन्धात्मक व्यवस्था भने कुनै नरहेको उनीहरूको भनाइ छ । सरकारले विमानस्थल तथा जल यातायात मार्फत मानिसहरूलाई आवतजावत गर्न वा सामानहरू ओसारपसार गर्न दिन थालेको छ ।

यस्तै कुनै पनि यात्रुहरूलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था पनि अहिलेका लागि हटाइएको अधिकारीहरूले जनाएका छन् । सबै क्षेत्रमा खुल्ला गरेसँगै देशभरिको जनजीवन पनि अहिले सामान्य हुँदै गएको र आम नागरिक खुसी भएको समाचारमा जनाइएको छ ।

लाओस सरकारले यही वर्ष सन् २०२१ को अन्त्यसम्ममा खोप लगाउन मिल्ने कूल जनसङ्ख्याको आधालाई खोप लगाइसक्ने योजना बनाएको छ ।

लाओसमा अहिलेसम्म कोरोनाभाइरसबाट ५५ हजार १८ जना सङ्क्रमित भएका छन् भने १०४ जनाको कोरोनाकै कारणले मृत्यु भएको छ । त्यसैगरी लाओसमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १० हजार १५८ रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ३० बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो