घर झगडा भइरहन्छ ? यी उपाय अपनाउनुहोस् « Khabarhub

घर झगडा भइरहन्छ ? यी उपाय अपनाउनुहोस्


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबैको चाहाना हुन्छ, घरमा खुसीयाली र शान्ति होस् । तर कैयौँ पटक वास्तु दोषका कारण धेरैको यो इच्छा पुरा हुँदैन । वास्तुमा यस्ता केही उपाय बताइएको छ, जसका कारण घर झगडा, कलह लगायतका समस्या समाधान गर्न सकिन्छ ।

क) कोठामा आओस् सूर्यको प्रकाश
घर बनाउँदा वा किन्दा विशेष गरी सबै कोठामा सूर्यको प्रकाश आउने बनाउनु वा किन्नु पर्दछ । यसले घरमा नकारात्मकता रहँदैन र परिवारका सदस्यबिच प्रेम र स्नेह बढ्दछ ।

ख) ओच्छ्यानमा यी कुरा नहोस्
सुत्ने खाट, पलङ वा ओच्छ्यान कहिल्यै धातुको हुनु हुँदैन । काठको बेड नै सबैभन्दा शुभ मानिन्छ । यस अलावा पति–पत्नी सुत्ने बेडमा एकै डसना भएको हुनु पर्दछ । दुई डसना जोडेर बनाएको ओच्छ्यानमा सुते पति पत्नीबिच सम्बन्ध बिग्रने वास्तुको मान्यता छ ।

ग) पूर्व या उत्तरमा डाइनिङ रुम
डाइनिङ रुम सदैव पूर्व दिशा वा उत्तरमा हुनु पर्दछ । यदि यस्तो सम्भव नभए दक्षिण–पूर्व दिशामा पनि डाइनिङ टेबल राख्न सकिन्छ । यसले परिवारमा प्रेम बढाउने वास्तुको मान्यता छ ।

घ) पर्खाल चर्किएको हुनु हुँदैन
यदि घरको कुनै पर्खाल चर्किएको भए त्यसलाई तुरुन्तै मर्मत गर्नु पर्दछ । घरका पर्खाल चर्कँदा घरमा अशान्ति र अशुभ हुने वास्तुको मान्यता छ ।

ङ) उत्तर दिशामा तुलसीको बोट
घरमा अक्सर घर झगडा भए घरको उत्तर दिशामा तुलसीको बोट रोप्नु पर्दछ । साँझमा यसको मुनी अनिवार्य दियो बाल्नु पर्ने धार्मिक मान्यता छ । यसो गरे घर झगडा, विवाद र परिवार बिचको आपसी मनमुटाब हटेर जाने वास्तुको मान्यता छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ०५ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको