सतर्कता कति आवश्यक : प्रेरक प्रसङ्ग « Khabarhub

सतर्कता कति आवश्यक : प्रेरक प्रसङ्ग


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक बूढो मानिसले युवकलाई रुख चढ्ने र ओर्लने कला सिकाउने गर्थ्यो । युवकहरु अग्लाअग्ला रुखमा चढ्न सिक्थे । एउटा युवक यो कलामा पारङ्गत हुनको लागि आयो । बूढोले भन्यो, रुखमा चढ्दा र ओर्लंदा सावधानी धेरै आवश्यक छ ।

युवकले भन्यो, यसमा कुनचाहिँ नयाँ कुरा छ, यो कुरा सबैलाई थाहा छ । हेर्दा हेर्दै ऊ रुखको सबैभन्दा माथि रहेको हाँगामा पुग्यो । बूढो मानिसले हेरिरह्यो र हिम्मत बढाइरह्यो । जब त्यो युवक झर्न थाल्यो तब बूढो चुपचाप बस्यो । युवक बडो सावधानीले ओर्लिरहेको थियो ।

जब युवक तीन चौथाइ दूरी ओर्लिसक्यो तब बूढोले भन्यो, बाबु सावधान भएर ओर्ल हतार नगर ।

यो कुरा सुनेर युवकले अचम्म मान्दै भन्यो, जब म टुप्पोमा थिएँ तब तपाईं चुपचाप बसिरहनुभयो अब आधाभन्दा धेरै तल आइसकेपछि सावधान हुनको लागि भन्दै हुनुहुन्छ ।

यसमा उसले भन्यो, जब तिमी टुप्पोमा थियौ तब तिमी आफै सावधान थियौ, तर लक्ष्य नजिक देखेर मानिसहरु धेरैजसो असावधानी देखाउने गर्छन् । यसैले मैले तिमीलाई सावधान गराएको हुँ ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : १८ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको