जित हासिल गर्नको लागि आफ्नो भूमिका थाहा पाउनुहोस् « Khabarhub

जित हासिल गर्नको लागि आफ्नो भूमिका थाहा पाउनुहोस्


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंको भूमिका के हो ? मलाई थाहा छ तपाईं अफिसमा जागिर गर्नुहुन्छ, केही निश्चित काम गर्नुहुन्छ, खास नीतिमा चल्नुहुन्छ आदि । तर तपाईंको भूमिका के हो ? यो केही हदसम्म गेम प्लान बनाउनु जस्तै हो ।

गेम प्लानले के कुराको रुपरेखा तय गर्छ भने तपाईं कुन प्रकारको कामकाजी व्यक्ति बन्नेवाला हुनुहुन्छ । तपाईं कुन प्रकारको उत्पे्ररक बन्नहुनेछ ? के तपाईं विचारशील व्यक्ति बन्नुहुनेछ ? संयोजक ? संप्रेषक ? कूटनीतिज्ञ ? अनुशासनमा सख्त ? प्रेरणादायक ? वास्तविक रुपमा भूमिकाको मतलब के हो भने तपाईं टीममा कुन रुपमा फिट हुनुहुन्छ ? हामी सबै टीमका खेलाडी हौँ, आजकल सबैले टीमको खेलाडी बन्नु नै पर्दछ ।

डा. मेरिडिथ बेल्बिनले मानिसको शक्तिलाई राम्रो बनाउनको लागि टीमवर्कको प्रकृतिमा २० वर्षभन्दा पनि बढी समयसम्म शोभ गरेका छन् । उनले कुनै पनि टीममा विभिन्न भूमिका उल्लेख गरेका छन्।

– संसोधन जाँचकर्ता : यस प्रकारको व्यक्ति रचनात्मक हुन्छन् तथा वहिर्मुखी र लोकप्रिय हुन्छन् ।

– संयोजक : ज्यादै अनुशासित तथा नियन्त्रित । तिनले लक्ष्यमा पूरा ध्यान केन्द्रित गर्न सक्दछन्, तिनले पूरा टीमलाई एक सूत्रमा बाँध्न सक्छन्।

– सर्जक : ती ज्यादै उपलब्धि केन्द्रित हुन्छन् । तिनले चुनौतीको सामना गर्न र लक्ष्य हासिल गर्न मन पराउँछन् ।

– टीम खेलाडी : ती समर्थक तथा सहयोगी हुन्छन् । ती असल राजदूत हुन्छन् किनकि तिनले केवल सर्वश्रेष्ठ नै चाहन्छन् ।

– विशेषज्ञ : यिनीहरु विशेष क्षेत्रमा मिपुर्णता हासिल गर्न प्रति समर्पित हुन्छन्, यी पेशेवर हुन्छन्, यिनमा जोश र समर्पण हुन्छ ।

तपाईं यी मध्ये को हुनुहुन्छ ? तपाईं टीममा, कुन भूमिकामा निभाउनुहुन्छ ? के तपाईं आफ्नो भूमिकाले खुशी हुनुहुन्छ ? के तपाईंले यसलाई बदल्न सक्नुहुन्छ ?

साभार  : ‘तपाईंको जीत’ पुस्तकबाट

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : २८ बजे

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

लन्डन– इरान, अमेरिका र इजरायलबीच जारी छ महिनाको युद्धका क्रममा

विशेष सेवा ऐनसम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा