अभिनेता राजकुमार रावले कसे लगनगाँठो | Khabarhub Khabarhub

अभिनेता राजकुमार रावले कसे लगनगाँठो


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता राजकुमार राव र उनकी लामो समयदेखिकी प्रेमिका पत्रलेखा पाल वैवाहिक जीवनमा बाँधिएका छन् । राजकुमार र पत्रलेखाले चण्डीगढमा आफ्नो निकट साथीभाई र आफन्तको उपस्थितिमा सात फेरा लगाएका हुन् ।

राजकुमारले विवाहको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । तस्वीरमा राजकुमार र पत्रलेखा सुन्दर देखिएका छन् । ‘आखिरीमा ११ वर्षको प्रेम, रोमान्स, दोस्ती र रमाइलोपछि मैले उनीसँग विवाह गरें । जो मेरो सबै कुरा हुन् । मेरो सोलमेट, मेरी मिल्ने साथी, मेरो परिवार । आज मेरा लागि यो भन्दा ठूलो खुशी केही छैन,’ उनले लेखेका छन् ।

राजकुमार र पत्रलेखा विगत ११ वर्षदेखि एकअर्कासँग डेट गर्थे । विवाह अघि दुवैको इन्गेजमेन्टको एक भिडियो बाहिर आएको थियो । जसमा राजकुमार घुँडा टेकेर पत्रलेखालाई औठी लगाइदिएको देख्न सकिन्थ्यो ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ११ : ३० बजे

केपी बा हुन्जेल रञ्जिता ढुक्क 

काठमाडौं– निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा निरन्तरता

समृद्धि फाइनान्सले गर्‍यो ३.१९ करोड नाफा

काठमाडौं– समृद्धि फाइनान्स लिमिटेडले प्रकाशन गरेको वित्तीय विवरणले सुधारको आशा

काठमाडौंकै सडकको बेहाल : न हिँड्न सकिन्छ न गाडी गुडाउन (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रतिनिधिसभामा विकाशको फेहरिस्ता प्रस्तुत

नेपाल वायुसेवा निगमको वासलात : ऋण तिर्दैमा सकिन्छ अर्बौं आम्दानी

काठमाडौं– सरकारको पूर्ण स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले लामो समयदेखि

विच्छ्याको बाढीले बस्ती जोखिममा

बाजुरा– जिल्लाको पूर्वोत्तर भेगमा बग्ने विच्छ्या खोलाको बाढीले हिमाली गाउँपालिका–१