वैशाखीमा चलेको सरकारको अराजकता न्यायालयमा देखियो : ओली « Khabarhub

वैशाखीमा चलेको सरकारको अराजकता न्यायालयमा देखियो : ओली


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा– नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारभित्र भएको भागबन्डा र अराजकताको पराकाष्ठा न्यायालयमा आएर छताछुल्ल भएर देखिएको बताएका छन् ।

एमाले धनकुटाले छिन्ताङ्गमा आयोजना गरेको ४३औँ सहिद स्मृति दिवसमा ओलीले न्यायालयजस्तो महत्वपूर्ण र तटस्थ निकायलाई विवादमा ल्याउनुले गठबन्धन सरकार वैशाखीको सहारामा चलिरहेको प्रमाणित भएको बताए ।

आफ्नो सरकारका पालामा शहीद परिवारलाई ४२ वर्ष पछि प्रदेश सरकारमार्फत ५-५ लाख राहत उपलब्ध गराएको स्मरण गराउँदै ओलीले छिन्ताङ्गका सहिदलाई एमालेबाहेक कसैले वास्ता नगरेको दाबी गरे ।

पार्टी फुट बोरामा कुहिएको आलु छानिएर फ्याँकिएजस्तै भएकाले यसले एमाललेलाई कुनै असर नपर्ने उनको तर्क थियो । ‘अझै पनि जनलहर एमालेमा छ, आउने चुनावमा एमालेले बहुमतको सरकार बनाउँछ,’ उनले भने ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ११ : ५२ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध