व्यवहारिक शिक्षा नहुँदा विदेशिने बढे–मन्त्री विष्ट « Khabarhub

व्यवहारिक शिक्षा नहुँदा विदेशिने बढे–मन्त्री विष्ट


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले रोजगारीका लागि व्यवहारीक शिक्षाको आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार प्रदेश नम्बर ३ सँग प्रधानमन्त्री रोजगार कार्यक्रममा त्रिपक्ष सम्झौतामा हस्ताक्षरका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री विष्टले कामसँग जोडने शिक्षा नहुँदा देशमा बेरोजगारीदर बढेको र वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या बृद्धि भइरहेको धारण राखे ।

‘देशमा बेरोजगारी अन्त्य गर्ने सवै तहका सरकार मिलेर काम गर्नुपर्छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सवैले मिलेर सफल पर्नुपर्छ’ मन्त्री विष्टले भने, ‘रोजगारी विकाससँग जोडिएको विषय भएकाले सरकारले रोजगारीका अवसर निर्माणमा गर्ने जोड गरिरहेको हो । आर्थिक उन्नतिका पाटो रोजगारी हो ।’

प्रधानमन्त्री रोजगारका कार्यक्रम बेरोजगारी समस्या समाधान गर्ने माध्यम बन्ने वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुषालले बताए । देशभित्र युवालाई व्यवसाय र उद्यमी बनाउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो ।

प्रदेश नम्बर ३ को स्थानिय हत, प्रदेश र श्रम मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि हस्ताक्षर गरेका छन् ।

श्रम मन्त्रालयले सडक निर्माण तथा मर्मत, कृषि तथा सिंचाई, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसरफाइ, शिक्षा वन तथा जलाधार, पर्यटन, स्थानीय आवश्यकता अनुसारका अन्य श्रम प्रधान आयोजनाहरुमा रोजगारी लगाउने कार्यविधि बनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ४ : ३९ बजे

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिपक्षतर्फ इसारा गर्दै आफूमाथि करको

रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

काठमाडौं–  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं– डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

इनरुवा– सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा

वाल्मीकि विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीलाई अध्ययन भिसा, दुईजना पक्राउ

काठमाडौं– वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी आठ विदेशी नागरिकले