तेस्रो चरणको आन्दोलनको तयारीमा नेपाल बार, असन्तुष्ट न्यायाधीशसँग छलफल गर्दै « Khabarhub

तेस्रो चरणको आन्दोलनको तयारीमा नेपाल बार, असन्तुष्ट न्यायाधीशसँग छलफल गर्दै


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलन गर्ने तयारी थालेको छ ।

नेपाल बारले प्रधानन्यायाधीश राणाले राजीनामा नगरेसम्म आन्दोलन जारी राख्ने बताउँदै अबको आन्दोलन थप सशक्त हुने पनि प्रष्ट पारेको छ ।

देशभरका बार इकाईहरूमा २ घण्टा धर्ना र्दै आएको बारले अब थप मजबुद र सशक्त आन्दोलनका कार्यक्रम ल्याउने नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हाम्रो सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम पनि जारी रहन्छ । अन्य थप सशक्त कार्यक्रम थपिनेछन् । त्यसका लागि बारका पदाधिकारी र सर्वोच्चका न्यायाधीशसँग छलफल हुँदैछ । अब हाम्रो कार्यक्रम अझ सशक्त हुन्छ ।’

यसैबीच सर्वोच्चका असन्तुष्ट न्यायाधीशसँग छलफल गर्न नेपाल बारका पदाधिकारी सर्वोच्च अदालत प्रवेश गरेका छन् । न्यायाधीशसँगको छलफलपछि तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १२ : ४५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्