तेस्रो चरणको आन्दोलनको तयारीमा नेपाल बार, असन्तुष्ट न्यायाधीशसँग छलफल गर्दै « Khabarhub

तेस्रो चरणको आन्दोलनको तयारीमा नेपाल बार, असन्तुष्ट न्यायाधीशसँग छलफल गर्दै


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलन गर्ने तयारी थालेको छ ।

नेपाल बारले प्रधानन्यायाधीश राणाले राजीनामा नगरेसम्म आन्दोलन जारी राख्ने बताउँदै अबको आन्दोलन थप सशक्त हुने पनि प्रष्ट पारेको छ ।

देशभरका बार इकाईहरूमा २ घण्टा धर्ना र्दै आएको बारले अब थप मजबुद र सशक्त आन्दोलनका कार्यक्रम ल्याउने नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हाम्रो सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम पनि जारी रहन्छ । अन्य थप सशक्त कार्यक्रम थपिनेछन् । त्यसका लागि बारका पदाधिकारी र सर्वोच्चका न्यायाधीशसँग छलफल हुँदैछ । अब हाम्रो कार्यक्रम अझ सशक्त हुन्छ ।’

यसैबीच सर्वोच्चका असन्तुष्ट न्यायाधीशसँग छलफल गर्न नेपाल बारका पदाधिकारी सर्वोच्च अदालत प्रवेश गरेका छन् । न्यायाधीशसँगको छलफलपछि तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १२ : ४५ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको