डोल्पामा धमाधम खिचिँदै ‘बुलाकी’ « Khabarhub

डोल्पामा धमाधम खिचिँदै ‘बुलाकी’


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– तिहार लगतै छायांकन सुरु गरिएको फिल्म ‘बुलाकी’ को ३५ प्रतिशत छायांकन पुरा भएको छ । डोल्पाको त्रिपुरा नगरपालिकाको सु गाउँ,लहरालगायतका स्थानमा छायांकन भइरहेको फिल्मका लागि तिहार अघि नै सुटिङ युनिट काठमाडौंबाट डोल्पा पुगेको थियो ।

छत्रेश्वरी म्यानेज्मेन्टको ब्यानरमा मोती विष्टको प्रस्तुति र गोपाल विष्ट निर्माता रहेको फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता विराज विष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीलगायतका कलाकारको अभिनय छ ।

कर्णाली भेगको मौलिक कथामा निर्माण भइरहेको फिल्मको छायांकार शिव ढकाल हुन् । शे–फोक्सोन्डो तालमा समेत खिचिने फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाई, धनबहादुर राई, कमल गाउँले, अमित परियारलगायतको पनि अभिनय छ ।

सौगता कँडेल सह–निर्माता रहेको फिल्मको गीतमा गोविन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ३ : २५ बजे

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)