५ दलीय समन्वय समितिले भन्यो : न्यायालय गतिरोधको शीघ्र निकास हुनुपर्छ « Khabarhub

५ दलीय समन्वय समितिले भन्यो : न्यायालय गतिरोधको शीघ्र निकास हुनुपर्छ


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–

सत्तारुढ पाँच दलीय गठबन्धनले केही दिनयता सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधबारे ध्यानाकर्षण भएको जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको गठबन्धन अन्तर्गतको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले राज्यको महत्वपूर्ण अंगको रूपमा रहेको न्यायापालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्नेमा जोड दिएको छ । बैठकले न्यायालयभित्र छिटै निष्कर्ष निस्कने विश्वास समेत व्यक्ति गरेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवर्द्धन गर्नेमा जोड दिने निर्णय समेत उनले बताए ।

त्यस्तै राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा गठबन्धनको सहकार्यलाई अघि बढाउने गठबन्धनले जनाएको छ ।

गठनबन्धनको निर्माणसंगै जटिल संक्रमण अन्त्य भएर मुलुकको राजनीति लिकमा फर्किएको बैठकपछि गठबन्धनका शीर्ष नेताले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । गठबन्धनले स्थिर सरकारको निर्माण तथा राजनीतिक स्थीरताको आशासंगै स्वदेशी तथा विदेशी लगानीकर्ता तथा उद्यमीहरु समेत उत्साहित भएको दावी गरेको छ ।

गठबन्धनलाई जनतासंग छिटो र सहज रुपमा सेवा सुविधान उपलव्ध गराई जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न क्रियाशील रहेको जनाइएको छ । त्यस्तै बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत तथा उनीहरुको पुनस्र्थापनाका लागि प्रभावकारी रुपमा काम अघि बढाइएको कांग्रेस नेता एवं सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।

मंगलबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिको पहिलो बैठक बसेको हो । बैठकमा गठबन्धन दल आवद्ध शिर्ष नेताहरुको सहभागीता थियो ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ३६ बजे

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

मान्म– कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा