अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत मुगुमा | Khabarhub Khabarhub

अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत मुगुमा


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत कर्णाली प्रदेशको मुगुको भ्रमणमा छन् । मुगुमा उनीहरुले रारा तालको अवलोकन गर्नुका साथै रारा राष्ट्रिय निकुञ्जको पनि भ्रमण गरेका छन् । स्थानीयसँग उनीहरुले अन्तरक्रिया पनि गरेका छन् ।

अमेरिकी राजदूत र्‍याण्डी बेरी, बेलायती राजदूत निकोला पोलिट र अष्ट्रेलियन राजदूत भल्कले जलवायु परिवर्तन र यसका असरबारे मुगु पुगेर सन्देश दिइरहेका छन् । अमेरिकी राजदूत बेरीले मंगलबार मुगु डायरीको तेस्रो दिन भन्दै फेसबुकमा लामो स्टाटससमेत लेखेका छन् ।

उनले लेखेका छन्, ‘मैले आफ्नै देशबाहेक सबैभन्दा धेरै समय बिताएको ठाउँ नेपाल हो। यहाँको परिदृश्यहरू संसारमा अन्यात्र नपाइने किसिमका छन्। साथै यहाँको भाषा, संस्क्रिति, तथा जनजीवनको विविधता उल्लेख्य छन्। यो कुनै अचम्म होइन कि यति धेरै पर्यटकहरू यहाँ आउन चाहन्छन्।’

उनले पर्यावरणीय पर्यटनले पर्यटन क्षेत्रका नकारात्मक प्रभावहरूलाई कम गर्ने उद्देश्य राख्ने भन्दै फोहोरमैला, पानीका बोतल, एकदमै खेर फालिने खानेकुरा वातावरण फोहोर भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘आज बेलायती राजदूत पोलिट, अस्ट्रेलियाली राजदूत भल्क र मैले मिलेर रारा राष्ट्रिय निकुन्जलाई ३ वटा सोलार प्यानल हस्तान्तरण गर्‍यौँ। कोप २६ सम्मेलनमा प्रम देउवाले भन्नुभएजस्तै जलवायु परिवर्तनका असरहरूको सामना गर्न तथा दीर्घकालीन ऊर्जाको विकासका लागि सौर्य उर्जा लगायत महत्वपूर्ण साधन हुनसक्छन्।’

बेरीले रारा ताल आफूले घुमेका ठाउँहरु मध्ये अत्यन्तै सुन्दर भनेर प्रसंशासमेत गरेका छन् । उनले भनेका छन्, ‘रारा ताल मैले घुमेका ठाउँहरू मध्ये अत्यन्तै सुन्दर परिदृष्य, जनजीवन, तथा सौन्दर्यको हिसाबले अतुलनीय स्थान हो। तैपनी यसले मलाई संसारमा सवैतिर देखिन स्थानहरूको सम्झना गराउँछ – त्यस्तो ठाउँ जसले जलवायु परिवर्तनको चुनौती सामना गरिरहेको छ र समाधानको खोजी अत्यन्तै जरूरी छ।’

बेलायती दूतावासले पनि फेसबुकमा राजदूत पोलिटको मुगु भ्रमणका तस्वीहरु सार्वजनिक गरेको छ । बेलायती राजदूत पोलिटले मुगुका स्थानीय विशेष गरेर महिलाहरुसँग कुराकानी गरेको बताएकी छन् । उनले नेपालको प्राकृतिक स्रोतको संरक्षण हुनुपर्ने बताएकी छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १० : ३७ बजे

आजका समाचार : सरकारलाई घेर्न प्रचण्डले जुटाए प्रतिपक्षी, संसद्मा पनि असन्तुष्टि र हिरोशिमामा बम खसालेको ८० वर्ष पुग्यो

भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोडप्रधानमन्त्री केपी शर्मा ओलीले

बीउ अपुगले धान रोपाइँ प्रभावित, महोत्तरीमा रोपाइँ ४९ प्रतिशत

महोत्तरी– लामो खडेरीले यसवर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ

कर्णालीको समग्र गुरुयोजना आवश्यक : उपसभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना आवश्यक

अमेरिकासँग तनावबीच चीन भ्रमणमा जाँदै भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गलवान उपत्यकामा भारत–चीनबीचको सैन्य

प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा प्रदर्शन

राजविराज– प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष