नेप्सेमा दोहोरो अङ्कको वृद्धि, चार कम्पनीको शेयरमा सर्किट « Khabarhub

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, चार कम्पनीको शेयरमा सर्किट


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि दोहोरो अङ्कले बढेको छ । लगातार उकालो लागेको नेप्से परिसूचक बुधबारको वृद्धिसँगै पुनः दुई हजार ८०० को बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.९५ अङ्कले बढेर दुई हजार ८०१.५२ मा पुगेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५२५.४४ मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर रु सात अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये बैंकिङ ४.७२, व्यापार २५.६४, होटल तथा पर्यटन ५१.५२, जलविद्युत् ७१.९८, वित्त ३२.४२, अन्य १०५.२८ र लघुवित्त ८.६८ अङ्कले बढेको छ । विकास बैंक ७५.७९, निर्जीवन बीमा ६.२३, उत्पादन १००.६, जीवन बीमा ८४.७१, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.५२ अङ्कले घटेका छन् । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४० अर्ब २८ करोड ४४ लाख ६० हजार १५१ बराबर पुगेको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ५८ करोड ६८ लाख ६२ हजार ९५५ बराबरको कारोबार भयो । यस्तै, महालक्ष्मी विकास बैंक ३८ करोड ५६ लाख, एशियन लाइफ इन्स्योरेन्स ३३ करोड ६६ लाख ४० हजार ७४५, नेशनल हाइड्रोपावर २६ करोड ३१ लाख १२ हजार २१९ र गरिमा विकास बैंक रु २२ करोड १९ लाख ४० हजार ८१७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार पञ्चकन्या माई हाइड्रोपावर र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । मानुषी लघुवित्त, तेह्रथुम पावर कम्पनी ९.९९ र नेपाल बङ्गलादेश बैंकका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । त्यस्तै, बोटलर्स नेपाल तराई ७.४७, महालक्ष्मी विकास बैंक ७.४१, गुराँस लाइफ इन्स्योरेन्स ४.१३, गुह्वेश्वरी मर्चेन्ट बैंकले ३.८८ र एनआरएन इन्फास्टकचरका लगानीकर्ताले ३.०९ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ५ : ३९ बजे

भक्तपुरको थिमिमा बिस्केट जात्राको रौनक

भक्तपुर– भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको

नारायणगढ-बुटवल सडकको सुस्त गतिप्रति गृहमन्त्रीको असन्तुष्टि, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता

नवलपरासी – गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा भइरहेको

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको

हर्कराज राईले खुलाए आफ्नो सम्पत्ति: आमाको नाममा भिरालो पाखो, बैंकमा २-४ लाख

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो सम्पत्ति

इन्धनको मूल्यवृद्धिको मारमा सुदूरपश्चिमका ठूला आयोजना, काम रोकिने अवस्थामा

महेन्द्रनगर– पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि र आपूर्तिमा देखिएको