सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाको घोषणा « Khabarhub

सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाको घोषणा


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

संखुवासभाको तुम्लिङटार विमानस्थलमा बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दैै कोइरालाले सभापति पदमा उठ्ने घोषणा गरेका हुन् ।

पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनले दाबी गरे । औपचारिक रूपमा सभापति पदको उम्मेदवारीे चाँडै घोषणा गर्ने उनले बताए ।

फरक प्रसंगमा कोइरालाले अहिलेको पाँचदलीय गठबन्धन चुनावअघिसम्म मात्रै रहने बताए । आगामी चुनावमा कुनै पार्टीसँग कांग्रेसको तालमेल नहुने उनको भनाइ थियो । आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति नगरेको उनले बताए । कांग्रेसले सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको कोइरालाको दाबी छ ।

कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने पनि दाबी गरे । एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उनले बताए ।

 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ६ : ३७ बजे

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज– खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि

आर्थिक गतिविधि विस्तारमार्फत जीडीपी बढाउने मधेसको योजना

जनकपुरधाम– कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मधेस प्रदेशको करिब १३

विश्वकपमा ‘लङ-रेन्ज’ प्रहारको क्रेज: फिफाले भन्यो- खेलाडीले मैदानमा रकेट जस्तै बल प्रहार गरे

न्युयोर्क – अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा डि-बक्स बाहिरबाट

स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित (तस्बिरहरू)

रसुवा– नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको

नारायणगढ-मुग्लिन सडक खण्डमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन – नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र