‘भीड’का कारण रोकियो राजकुमारको हनिमुन « Khabarhub

‘भीड’का कारण रोकियो राजकुमारको हनिमुन


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– बलिउड अभिनेता राजकुमार राव र उनकी प्रेमिका पत्रलेखा हालैमात्र वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले विवाह गरे पनि हनिमुनका लागि भने अझै केही समय पर्खनुपर्नेछ । राजकुमारले आफ्नो हनिमुन योजनालाई केही पर सारेका छन् । उनले ‘भीड’का कारण हनिमुन योजनामा ढिलाई गर्न लागेका हुन् ।

राजकुमार निर्देशक अनुभव सिन्हाको फिल्म ‘भीड’को सुटिङ नोभेम्बर १८ अर्थात बिहीबारबाट सुरु गर्दैछन् । अनुभव नोभेम्बर र डिसेम्बरबाट फिल्मको सुटिङ सुरु गर्न चाहन्थे । जुन कुरामा अभिनेता राजकुमार सहमत थिए । यही कारण राजकुमारले अहिलेलाई हनिमुनलाई थाँती राखेर फिल्मको काम पुरा गर्न इच्छुक भएका हुन् ।

फिल्म ‘भीड’को अधिकतम छायांकन उत्तर प्रदेशको राजधानी लखनऊमा हुनेछ । राजकुमार यो फिल्मका लागि निकै उत्साहित छन् । राजकुमारले यो फिल्ममा आफ्नो चरित्रका लागि कम्फर्ट जोनबाट बाहिर जानुपर्नेछ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १२ : ०७ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा