अदालतभित्र हतियार भित्र्याउने काम प्रधानन्यायाधीशले गरे : बार अध्यक्ष « Khabarhub

अदालतभित्र हतियार भित्र्याउने काम प्रधानन्यायाधीशले गरे : बार अध्यक्ष


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतभित्र लाठी हान्ने र हतियार भित्र्याउने काम प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च प्रशासनले गरेको बताएका छन् ।

बिहीबार दिउँसो सर्वोच्च परिसरमा प्रहरीको कुटाइबाट घाइते भएका श्रेष्ठ उपचारपछि फर्किएर आकस्मिक पत्रकार सम्मेलनमार्फत प्रधानन्यायाधीशको आलोचना गरेका हुन् । उनले व्यक्ति मरे पनि केही नहुने तर न्याय मर्न नहुने उल्लेख गरे ।

‘म मरें भने केही हुँदैन । दुई चारजना मरेर केही हुँदैन । तर न्याय मर्नुहुँदैन । अदालतभित्र लाठी हान्ने, हतियार भित्र्याउने काम प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनले ल्यायो । यसको जवाफ प्रधानन्यायाधीशले दिनुपर्छ । हाम्रो देशको विश्वमा बेइज्जत हुन्छ । अदालतभित्र पुलिस रोक्नुपर्छ । ५ बजे हामीलाई पापडको बैठकमा बोलाइएको छ । सहभागी भएर हाम्रा कुरा राख्छौं,’ श्रेष्ठले भने ।

उनले प्रधानन्यायाधीश जबरा न्यायमा बाधक रहेको विषयमा न्यायाधीशहरूको विमति नरहेको बताए । ‘सेवाग्राहीलाई सेवा दिन प्रधानन्यायाधीश पावर घटाउने, न्याय सम्पादनको अधिकार कटौती गर्ने, गोलाप्रथामा सहभागी नगराउने, बेन्च सेयरिङ नगर्ने कुरामा सबै न्यायाधीश एकमत छन् । न्यायाधीशहरूले गोलाप्रथाबाट जाने भन्नुभएको छ । बिलौलिया रोक्ने हाम्रो बारको पहिलो माग हो, गोलाप्रथा । किनभने प्रधानन्यायाधीशले जथाभावी सेटिङमा बेन्च गर्ने गरेका थिए । विगतमा राजाको अधिकार कटौती गरेको, त्यसपछि राजा हटाइयो । त्यसैगरी गोलप्रथाले प्रधानन्यायाधीशको अधिकार कटौती गर्‍यो, अब हट्छन् । न्यायाधीशहरू आफ्नो हिसाबले सुधारमा अघि बढेका छन्, हामी आफ्नो हिसाबले अघि बढ्छौं । राजपत्रमा प्रकाशित भएपछि लागू हुन्छ,’ श्रेष्ठले भने ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ५ : ०० बजे

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको