अल्का आईभीएफ सेन्टरले थप सुविधासहित सेवा विस्तार गर्ने « Khabarhub

अल्का आईभीएफ सेन्टरले थप सुविधासहित सेवा विस्तार गर्ने


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले थप सुविधासहित आईभीएफ सेवा विस्तार गरेको छ । अत्याधुनिक ल्यावसहित अल्का अस्पतालले अल्का आईभीएफ सेन्टर संचालनमा ल्याएको हो।

‘हामीले, बिशेषज्ञहरु भित्र्याएर अल्का आईभीएफ सेन्टर संचालनमा ल्याएका छौं,’ अस्पतालका अध्यक्ष कुमार थापाले भने, ‘कसरी हुन्छ सेवाग्राहीलाई सहज र सुलभ तरिकाबाट सेवा दिन हामीले थप सुविधासहित ल्याएका छौँ।’

‘विभिन्न कारण सन्तान नभएकाहरुलाई सेवा दिन आधुनिक उपकरणले हामी सक्षम छौँ,’ अध्यक्ष थापाले भने। थापाले नयाँ बिशेषज्ञहरुको टिमले अल्का आईभीएफ सेन्टरलाई थप उचाइँमा लैजाने विश्वास ब्यक्त गरे ।

अल्का अस्पतालले सेवाग्राहीहरुलाई आईभीएफ सेवा अन्य अस्पतालहरुको तुलनामा शुलभ दरमा दिइने प्रतिबद्धता जनाएको छ।

मंसिर १ गतेदेखि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म अस्पतालले आईभीएफ सेवा विस्तार गरेको छ। अल्का आईभीएफ सेन्टरबाट टेष्ट ट्युक बेबीका साथै स्त्री रोग तथा प्रसुति सेवा पनि प्रदान गरिने अस्पतालले जनाएको छ।

के हो त आईभीएफ

कृत्रिम गर्भाधान इन व्रिटो फर्टिलाईजेशन आईभीएफ महिलाहरूमा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधि हो।

यसलाई बाँझोपन कम गर्ने प्रभावकारी प्रविधि मानिन्छ। यस प्रक्रियामा कुनै महिलाको अण्डाशयबाट अण्डालाई अलग गरेर त्यसलाई टेष्ट ट्युबमा शुक्राणुसँग निशेचित गराइन्छ।

यसपछि निषेचित अन्डा महिलाको गर्भाशय मा राखिन्छ। विश्वमा पहिलो पल्ट यस प्रक्रिया को प्रयोग बेलायतमा पैट्रिक स्टेपो र रबर्ट एडवर्डस ले गरेका थिए।

उनीहरूको यस प्रक्रिया ले जन्मेको बच्चाको नाम लुईस ब्राउन थियो जसको जन्म २५ जुलाई, १९७८ मा मेनचेस्टरमा भएको थियो।

आज यो प्रविधि निसन्तान दम्पत्तीहरूको लागि एक नयाँ आश को किरण भएको छ। नेपालमा टेष्ट ट्युब बेबीको प्रविधि २०६० सालतिर भित्रिएको हो।

नेपालको पहिलो टेष्ट ट्युब बेबी चाहीँ ओममणी तामाङ हो। उनको २०६१ साल फागुन २० गते जन्म भएको थियो।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ५ : ५६ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको