पोखरा र बंगलादेशबीच पर्यटकीय साझेदारी गरिने « Khabarhub

पोखरा र बंगलादेशबीच पर्यटकीय साझेदारी गरिने


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– बंगलादेशका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच पर्यटकीय साझेदारीलगायतका विषयमा पोखरामा छलफल भएको छ ।

बिहीबारको छलफलमा दुवै ठाउँका पर्यटन व्यवसायीहरूले कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पहल गर्ने समझदारी भएको हो ।

प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपालको निमन्त्रणामा बंगलादेशी टिम पोखरा आएको हो । छलफलका क्रममा पाटा नेपालका कार्यकारी सदस्य टीकाराम सापकोटाले अझै धेरै पर्यटक पठाइदिन आग्रह गरे । ‘बंगलादेश नेपालका लागि राम्रो पर्यटक आउने देश हो । कोभिडअघि उहाँहरूको भ्रमण धेरै हुन्थ्यो । खर्च पनि धेरै गर्ने पर्यटक आउँछन्,’ उनले भने, ‘अहिले सुस्ताएको छ । अब पनि धेरै पर्यटक पठाइदिन आग्रह गरेका छौँ ।’

व्यवसायीबीचमा विजनेस नेटवर्किङका हिसाबले कार्यक्रम आयोजना गरिएको उनले बताए । उनका अनुसार कोरोना संक्रमणअघि वार्षिक २६ हजार बंगलादेशी पर्यटक नेपाल घुम्न आउँथे । अहिले मुस्किलले एक हजार ५०० जति छन् । पाता बंगलादेशका अध्यक्ष शहीद हमिदले नेपाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएकाले पर्यटक पठाउन गाह्रो नपर्ने बताए ।

‘यहाँ घुम्ने ठाउँहरू धेरै छन् । सुन्दर प्रकृति छ । पर्यटकहरू यहाँ आउन लालयित छन्,’ उनले भने, ‘खाली कोरोनाका कारण अप्ठ्यारोा परेको हो । अब विस्तारै मान्छेहरू घुम्न निस्किएका छन् ।’

उनले दुई देशबीच पर्यटकीय सम्बन्ध मजबुत बनाउनुपर्ने बताए । पाटा बंगलादेशका पदाधिकारी, पर्यटन व्यवसायी र संचराकर्मीसहित १८ जनाको टोली पोखरा आएको छ । उनीहरूले पोखराको भ्रमण पनि गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ६ : ४३ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा