राष्ट्रियसभा निर्वाचन माघ १२ गते « Khabarhub

राष्ट्रियसभा निर्वाचन माघ १२ गते


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ १२ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले माघ १२ गते राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभामा ४ वर्षे कार्यकाल पूरा गरी आगामी फागुनमा रिक्त हुने १९ सिटका लागि निर्वाचनको मिति तोकिएको हो ।

आगामी फागुनमा राष्ट्रिय सभामा २० सिट रिक्त हुँदैछन् । ती मध्ये एक सिट राष्ट्रपतिबाट मनोनित हो । जुन प्रक्रियाबाट निर्वाचित सांसदको पद रिक्त हुने हो सोही प्रक्रियाबाट पूर्ति गर्नुपर्ने व्यवस्था अनुसार १० सिटका लागि चुनाव हुने भएको हो ।

२०७४ मा भएको राष्ट्रिय सभाको पहिलो निर्वाचनपछि गोलाप्रथाबाट पदावधि कायम गरिएको थियो । राष्ट्रिय सभा अविछिन्न भएकाले यसका एक तिहाई सदस्यको पद हरेक २ वर्षमा सकिँदै जान्छ । र रिक्त सिटका लागि चुनाव हुन्छ । पहिलो पटक निर्वाचित हुने सांसदको गोलाप्रथाबाट २ वर्ष, ४ वर्ष र ६ वर्ष कार्यकाल निर्धारण गरिएको थियो । तर, अब निर्वाचित हुने सांसदको पदावधि भने ६ वर्षको हुनेछ ।

 

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १० : ४६ बजे

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको