कस्तो दुःख धैर्यपूर्वक सहने ? « Khabarhub

कस्तो दुःख धैर्यपूर्वक सहने ?


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौतमी नामकी एक स्त्रीको एक मात्र छोरा मर्‍यो । उनी शोकले व्याकुल भएर रुँदै महात्मा बुद्धकोमा पुगिन् र उनको चरणमा परेर बोलिन् । जसरी हुन्छ मेरो छोरोलाई जीवित बनाइदिनुस् । कुनै यस्तो मन्त्र पढ्नुस् कि मेरो छोरा उठ्न सकोस् ।

महात्मा बुद्धले उनीमाथि सहानुभूति देखाउँदै भने, गौतमी शोक नगर । म तिम्रो मृत छोरालाई फेरि जीवित बनाइदिनेछु, तर यसको लागि तिमी यस्तो घरबाट सरस्यूँको केही दाना मागेर ल्याऊ जहाँ कहिल्यै कसैको मृत्यु नभएको होस् ।

गौतमीलाई यस कुराले केही शान्ति मिल्यो । उनी दौडँदै गाउँमा गइन् र यस्तो घर खोज्न थालिन्, जहाँ कसैको मृत्यु नभएको होस् । धेरै खोज्दा पनि उनले यस्तो एउटा पनि घर भेट्टाउन सकिनन् । अन्त्यमा उनी हताश भएर फर्केर आइन् र महात्मा बुद्धलाई भनिन्, यस्तो त एउटा घर पनि छैन, जहाँ कोही न मरेको होस् ।

यो सुनेर बुद्धले भने, गौतमी अब तिमी यो मानेर सन्तोष गर कि केवल तिमीमाथि मात्र यस्तो विपत्ति आएको हैन, संसारमा यस्तै हुन्छ । मानिसहरूले यस्तो दुःख धैर्यपूर्वक सहन्छन् ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : ०६ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र